स्याङ्जाको वालिङ् नगरपालिका -६ मिर्दीमा साहित्यकार अञ्जना पौडेलको उपन्यास `चरिमाई´ माथि विमर्श गरिएको छ । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान स्याङ्जाको आयोजनामा शुक्रबार उक्त उपन्यासको विमर्श गरिएको हो ।
साहित्यकार शम्भु अर्याल र अनन्त अर्यालले परिचर्चा कार्यक्रममा `चरिमाई´ उपन्यासको समीक्षात्मक टिप्पणी राखेका थिए । लेखक पौडेलले उपन्यासमा महिला बेचबिखन र महिला हिंसाका सन्दर्भलाई गहिरिएर चर्चा गरेको समीक्षकहरुले बताए ।
लेखक पौडेलले `चरिमाई´ उपन्यासमा नेपाली समाजका कथालाई जोड्ने प्रयास गरेको परिचर्चा कार्यक्रममा जानकारी दिइन् । उनले `हाम्रो समाजमा अझै ब्याप्त आम विषयवस्तु छन्, नुवाकोट र रसुवा बसाइँका क्रममा त्यहाँ देखेको कुरालाई नै उपन्यासको कथा बनाएकी हुँ´, भनिन् ।
यस्तै, दोस्रो चरणमा राखिएको रचना वाचन कार्यक्रममा साहित्यकार धुर्वप्रसाद शर्मा पङ्गेनी, लेखनाथ काफ्ले, शिला शाही, मञ्जुश्री अधिकारी, बोधराज न्यौपाने, सिजन अर्याल, स्मारिका अर्याल, गोपालप्रसाद न्यौपाने, विष्णु पङ्गेनी पाण्डे, नम्रता केसी, दर्शन पाठक, मिलन समीर र वसन्त खनालले कविता वाचन गरेका थिए ।
कार्यक्रममा कवि मिलन समिरले सहजीकरण गरेका थिए । अञ्जना पौडेलले लेखेको उपन्यास `चरिमाई´ इन्डिगो इन्कबाट प्रकाशित भएको छ भने पुस्तकको मूल्य ४ सय ४९ रुपियाँ रहेको छ ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा