पोखरा । जीतप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार–२०८० बाट पत्रकार विजय नेपाल पुरस्कृत भएका छन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीको शनिबार छैटौं साधारणसभामा अग्रज फिल्मकर्मी विनोद शेरचन सम्मानित भए । कार्यक्रममा मेयर धनराज आचार्यले पत्रकार नेपाललाई ३५ हजार र सम्मानपत्रसहित पुरस्कार प्रदान गरे ।
पाल्पा जिल्लाको रिब्दीकोट–७, मैनादीका नेपाल २० वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । नेपाल संघका पूर्व सहसचिव समेत हुन् । यसअघि उक्त पुरस्कारबाट श्रीराम सिग्देल, रेम विक र राजाराम पौडेल सम्मानित भइसकेका छन् । पहिला २५ हजार रहेकोमा यसपालि पुरस्कार राशि १० हजार रुपैयाँ थप भएको हो ।
सो अवसरमा फिल्म क्षेत्रमा पु एको योगदानको कदर गर्दै पोखरा १० निवासी शेरचनलाई संघले सम्मान गरेको हो । २०४५ सालमै फिल्म निर्माणमा लागेका शेरचनका कन्यादान, तृष्णा, बादलपारि, दुनियाँ चलेका फिल्म हुन् ।
कार्यक्रममा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा फिल्म छायांकनका लागि खुला स्टुडियो भएको बताए । चलचित्र पत्रकार संघ नेपाल अध्यक्ष समीर बलामीले संघका देशभर १५ शाखामध्ये कास्की सबैभन्दा सक्रिय रहेको बताए ।

संघ कास्की अध्यक्ष प्रभु अधिकारीको सभापतित्वमा भएको समारोहमा पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना ‘पंगेनी’, महासंघ गण्डकी महासचिव गोविन्द सुवेदी, महासंघ कास्की अध्यक्ष विमला भण्डारी, प्रतिभा छनोट समिति संयोजक सुरेश रानाभाट, कास्की शाखा संस्थापक अध्यक्ष श्रीराम सिग्देल, निवर्तमान अध्यक्ष अरुण गिरी, जितप्रसाद द्वाका नाति एवं संघका सल्लाहकार समेत रहेका निकेश द्वा, सम्मानित विनोद शेरचन, पुरस्कृत व्यक्तित्व विजय नेपाललगायत बोलेका थिए । कार्यक्रम सञ्चालन सचिव सन्तोष बस्यालले गरे ।
सो अवसरमा संघले सहयोगीहरुलाई प्रशंसापत्र प्रदान गरेको छ ।
साधारणसभाले सचिव सन्तोष बस्याल र कोषाध्यक्ष सुरक्षा श्रेष्ठको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । २०६० असार २२ सालमा स्थापना भएको संघ कास्कीमा हाल ५५ सदस्य छन् ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो