पोखरा । नेकपा एमालेको पोखरा महानगरमा जीवन आचार्य विजयी भएका छन् । उनले २ सय ७७ मत ल्याउँदा दीपक पाैडेलले २ सय १० मत पाएका छन् ।
जीवन प्यानलबाट उपाध्यक्षमा नरेन्द्रनाथ ढुंगाना, सचिवमा सुशील बस्नेत, उपसमितिमा विष्णुप्रसाद गौतम र उपसचिव महिलामा हरिमाया विश्वकर्मा सबै विजयी भए ।

दीपक प्यानलबाट उपाध्यक्षमा मोहन गुरुङ, सचिवमा दिनेशबाबु खड्का, उपसचिव खुलामा लालबहादुर राना र उपसचिव महिलामा किरण गौतम प्रतिष्पर्धामा थिए ।
निर्वाचनमा दुई समूह दुई वटा प्यानल बनाएरै निर्वाचनमा होमिएका थिए । एउटा समूहको नेतृत्व दीपक पौडेलले गरे भने अर्को समूहको नेतृत्व जीवन आचार्यले गरेका हुन् ।
पाैडेल पृथ्वीसुब्बा–जगत विश्वकर्मा र आचार्य खगराजबाट समर्थन प्राप्त उम्मेदवार हुन् ।
स्थायी कमिटी सदस्य खगराज अधिकारी निकट समूहले कास्की जिल्ला क्लीन स्वीप गर्दा पोखरा महानगर पनि जित्न सफल भएको छ । यसअघिको अधिवेशनमा पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समर्थित समूहले महानगर, जिल्ला र प्रदेश सबैमा जितेको थियो । तर, प्रभाव कम हुँदै गएको निर्वाचन परिणामले देखाएको छ।
४ सय ९८ मतदाता रहेकामा ४ सय ८८ मत खसेको निर्वाचन समितले जनाएको छ । महानगरमा हुने १ सय १ पदमध्ये निर्वाचन हुने ८७ मध्ये २२ जना सदस्य निर्विरोध भएका थिए ।
बिहान ८ बजेपछि सुरु भएको मतदान साढे १२ बजेतिर सकिएको थियो । मतदानका लागि २४ वटा विद्युतीय मतदान मेसिन राखिएको थियो ।
सम्बन्धित खबर
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित
प्रतिभा माविका कक्षा १२ का विद्यार्थीको बिदाई
जेनेक्समा बिहीबार गेमिङ प्रतियोगिता
लेकसाइडमा भेटिएको शंकास्पद झोलामा भेटेरिनरीको सामान
घरदैलोमा काँग्रेस कार्यकर्ताको उत्साहजनक सहभागिता
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?