एमाले पोखरा महानगरमा जीवन आचार्यको प्यानल नै विजयी [मत सहित]

खगराज पक्ष हाबीः

एमाले पोखरा महानगरमा जीवन आचार्यको प्यानल नै विजयी [मत सहित]

आचार्यले २ सय ७७ मत ल्याउँदा दीपक पाैडेलको २ सय १० मत

jeevan acharya

पोखरा । नेकपा एमालेको पोखरा महानगरमा जीवन आचार्य विजयी भएका छन् ।  उनले २ सय ७७ मत ल्याउँदा दीपक पाैडेलले २ सय १० मत पाएका छन् ।

जीवन प्यानलबाट उपाध्यक्षमा नरेन्द्रनाथ ढुंगाना, सचिवमा सुशील बस्नेत, उपसमितिमा विष्णुप्रसाद गौतम र उपसचिव महिलामा हरिमाया विश्वकर्मा सबै विजयी भए ।

दीपक प्यानलबाट उपाध्यक्षमा मोहन गुरुङ, सचिवमा दिनेशबाबु खड्का, उपसचिव खुलामा लालबहादुर राना र उपसचिव महिलामा किरण गौतम प्रतिष्पर्धामा थिए ।

 निर्वाचनमा दुई समूह दुई वटा प्यानल बनाएरै निर्वाचनमा होमिएका थिए । एउटा समूहको नेतृत्व दीपक पौडेलले गरे भने अर्को समूहको नेतृत्व जीवन आचार्यले गरेका हुन् ।

पाैडेल पृथ्वीसुब्बा–जगत विश्वकर्मा र आचार्य खगराजबाट समर्थन प्राप्त उम्मेदवार हुन् ।

स्थायी कमिटी सदस्य खगराज अधिकारी निकट समूहले कास्की जिल्ला क्लीन स्वीप गर्दा पोखरा महानगर पनि जित्न सफल भएको छ । यसअघिको अधिवेशनमा पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समर्थित समूहले महानगर, जिल्ला र प्रदेश सबैमा जितेको थियो । तर, प्रभाव कम हुँदै गएको निर्वाचन परिणामले देखाएको छ।

४ सय ९८ मतदाता रहेकामा ४ सय ८८ मत खसेको निर्वाचन समितले जनाएको छ । महानगरमा हुने १ सय १ पदमध्ये निर्वाचन हुने ८७ मध्ये २२ जना सदस्य निर्विरोध भएका थिए ।

बिहान ८ बजेपछि सुरु भएको मतदान साढे १२ बजेतिर सकिएको थियो । मतदानका लागि २४ वटा विद्युतीय मतदान मेसिन राखिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds