पोखरा महानगरपालिकामा भएको ‘कृषि जैविक विविधता प्रदर्शनी मेला –२०८१’ मा सकिएको छ ।
४३ औँ विश्व वातावरण दिवसको अवसरमा पोखरा–१३ को कृषि सञ्जाल, पोखरा महानगरको कृषि महाशाखा, नमुना प्राङ्गारिक कृषि सहकारी संस्था आर्वा र जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लि–बर्ड) को संयुक्त आयोजनामा मेला भएको थियो ।
मेलामा रहेका १० स्टलमा पोखरा १३ मा पाइने रैथाने बालीहरु राखिएको थियो । नयाँ पुस्तालाई कृषि जैविक विविधतासँगै वातावरणको महत्व बुझाउनका लागि मेला आयोजना गरिएको लि–बर्डका कार्यक्रम अधिकृत तथा मेला संयोजक विष्णु भषालले बताए । मेलामा कृषि जैविक विविधतामा सहयोग गर्ने गित प्रतियोगिता, बीउ साटासाट, माटो शिविरको कार्यक्रम राखेको उनले जानकारी दिए ।
पोखरा १३ का वडाध्यक्ष किरण बरालले आफ्नो वडामा भएको कृषि जैविकता संरक्षणका लागि विभिन्न कार्यक्रम गरिरहेको बताए । सोही अनुसार वडामा कृषि जैविक विविधता प्रदर्शनी मेला आयोजना गरिएको उनले सुनाए ।
‘आज वातावरण दिवस केही न केही कार्यक्रम गर्नुपर्छ भन्ने थियो । त्यसका लागि हामीले हाम्रो क्षेत्रमा भइरहेका जैविक विविधतालाई संरक्षण गर्ने गरी यो दिवस मनाउनुपर्छ भन्ने लाग्यो । अनि कृषि महाशाखा, लिबर्ड र नमुना प्राङ्गारिक कृषि सहकारीको सहकार्यमा यो मेला गरेका हौं,’ उनले भने, ‘जैविकता जोगाउन सकियो भने वातावरण जोगिन्छ भनेर गरिएको कार्यक्रमले कृषकलाई राहत मिल्नेछ भन्नेमा ढुक्क छु ।’ यसका लागि कृषकलाई आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको उनले प्रतिवद्धता जनाए ।
गीत प्रतियोगितामा नमूना प्रथम
मेलामा आयोजना गरिएको कृषि जैविक विविधता गीत प्रतियोगितामा नमूना प्राङ्गारिक कृषक समूह प्रथम भएको छ ।
प्रथम भएको समुहले नगद ६ हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो । भने, द्वितीय भएको मणिदिप कृषक समूहले नगद ५ हजार रुपैयाँ पायो ।
यस्तै, तृतीय भएको पिपलडाली काफलबारी कृषक समूहले ४ हजार पुरस्कार पायो भने प्रतियोगितामा सहभागी भएको अन्य ७ समूहलाई प्रोत्साहन स्वरुप ३–३ हजार दिइएको कृषि सञ्जाल पोखरा १३ का अध्यक्ष टेकनाथ बरालले जानकारी दिए ।
प्रतियोगितामा भाग लिएको विद्यालयको समुहलाई पनि प्रति विद्यालय २५/२५ सय रुपैयाँ प्रोत्साहन पुरस्कार दिइएको उनले बताए । भने, सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु