चाबहिलमा एक पुरुषले लगाए आफैँलाई आगो, परिवारका ५ जना घाइते

चाबहिलमा एक पुरुषले लगाए आफैँलाई आगो, परिवारका ५ जना घाइते

aago

काठमाडौँ । चाबहिलमा एक पुरुषले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । आगो निभाउने क्रममा उनको परिवारका अन्य ४ जना पनि घाइते भएका छन् ।

मंगलबार राति काठमाडौं महानगरपालिका–७ चाबहिलका ५५ वर्षका चञ्चलबहादुर सिंहले घरायसी विवादमा आफ्नो जिउमा आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

मंगलबार राति पौने ९ बजे मदिरा खाएर घर आएका चञ्चलबहादुर र उनकी पत्नी विन्दुबीच झगडा भएको थियो । पत्नीसँग झगडा भएपछि उनले शरीरमा पेट्रोल छर्केर आगो लगाएको पाइएको प्रहरीले जनाएको छ ।

चञ्चलबहादुरको जिउमा आगो लागेपछि पत्नी र तीन छोरीले निभाएका थिए । त्यस क्रममा उनीहरु पनि घाइते भएका हुन् । घाइते हुनेमा चञ्चलबहादुर र विन्दुसँगै छोरीहरु सुप्रिया, समृद्धि र सुहानी रहेका छन् । उनीहरु पाँचै जनाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

१६ वर्षकी समृद्धि र २४ वर्षकी सुप्रिया ८ वर्षकी सुहानीको अवस्था बढी गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ