तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा गत सोमबार पानी ट्यांकरद्वारा च्यापिएर मृत्यु भएका युवकको परिवारलाई २५ लाख रुपैयाँ सहयोग प्रदान गर्न सहमति भएको छ ।
व्यास नगरपालिका १२ कमलाबारी निवासी २९ वर्षीय प्रवीण कैनीको परिवारलाई २५ लाख रुपैयाँ राहत दिने सहमति भएको हो । कैनी व्यास नगरपालिकामा इञ्जिनियर पदमा कार्यरत थिए । घाँसीकुवाबाट दमौलीतर्फ आउँदै गरेको मुग्लिन–पोखरा सडक निर्माण गरिरहेको चिनियाँ कम्पनीको सो ट्यांकरले सोही दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा कैनीको घटनास्थलमै मृत्यु भएको थियो ।
डुम्रेबाट दमौली जाँदै गरेको बा.प्र.०१ –००१ नम्बरको पानी ट्यांकर र सोही दिशातर्फ आउँदै गरेको ग१९प ८३०३ नम्बरको मोटरसाइकललाई सोमबार दिउँसो २ बजे ठक्कर दिँदा इन्जिनियर कैनीको मृत्यु भएको हो । ट्यांकरले ब्याक गरेर ठक्कर दिँदा कैनीको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीहरूले बताएका थिए ।
दुर्घटना भएको दिनदेखि पीडित परिवार आन्दोलित थिए । जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहीबार बसेको दुवै पक्षको बैठकले राहतका विषयमा सहमति गरेको हो । त्यस्तै पीडित परिवारका एकजनालाई आयोजनामा रोजगारी दिने सहमति भएको छ ।
व्यास नगरपालिकाका कर्मचारी र स्थानीयले जिल्ला प्रशासन कार्यालय अगाडि बिहीबार पनि धर्ना दिने तथा विरोध प्रदर्शन गरेका थिए । उनीहरुले ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, सवारी चालक र घटना ढाकछोप गर्ने दोषीलाई कारबाही गर्नुपर्ने माग राखेका थिए ।
सम्बन्धित खबर
स्याङ्जा–१ मा एकै बैंकका दुई ‘पूर्व अध्यक्ष’ आमनेसामने
२०औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
पर्वतमा मोदीखोला संकटमा, लहरै चार वटा जलविद्युतका कारण सुख्खा
फेवातालमा जाल हान्दा एसएलआर फेला
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
स्याङ्जामा १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
यो पनि पढौँ
महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले अखाद्य सामाग्री बेचेपछि २० हजार जरिवाना
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल नचल्नुमा चीन कारण होइन: लियाङ