पोखरा । पालिखेचोकस्थित प्रतिभा माध्यमिक विद्यालयमा विहीबारदेखि गण्डकी प्रदेशस्तरीय ‘रचनात्मक, खेलकुद तथा सूचना प्रविधि फेयर’ सुरु भएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीका लागि आयोजित फेयर तीन दिनसम्म चल्नेछ । विद्यालयका प्राचार्य किरण सापकोटा, वित्त निर्देशक विश्वगोपाल पराजुली लगायतले फेयरको उद्घाटन गरे । तीन दिनसम्म चल्ने फेयरमा २ हजार भन्दा बढी विद्यार्थी सहभागी हुने प्राचार्य सापकोटाले जानकारी दिए ।
फेयरमा प्रदेशका विभिन्न जिल्लाका विद्यार्थी सहभागी छन् । सहभागीले यस पटक एसईई परीक्षा दिएका छन् । विद्यार्थीले व्यक्तिगत, समूहगत वा विद्यालयबाट सहभागिता जनाएको प्राचार्य सापकोटाले बताए ।

प्राचार्य सापकोटाका अनुसार विज्ञान हाजिरीजवाफ, नेपाली वक्तृत्वकला, छात्र तथा छात्रा बास्केटबल, भलिवल, टेनिस, चेस, ब्याडमिन्टन, फुटसलका प्रतियोगिता हुनेछन् । त्यस्तै सूचना प्रविधिका गतिविधिबारे पनि जानकारी पाइने उनले बताए । उनका अनुसार फुटसल र बास्केटबलमा मात्र करिब एक–एक सय टिम सहभागी छन् । सबैगरी १३ वटा प्रतियोगिता आयोजना हुने उनले बताए ।
‘एसईई दिएर बसेका विद्यार्थीलाई सक्रिय बनाउन र उनीहरुभित्रको प्रतिभा प्रस्फुटन गराउनका लागि कार्यक्रम गरेका हौँ’ सापकोटाले भने, ‘कामबिहीन तरिकाले घरभित्र बसिरहन भन्दा विद्यार्थीलाई यो बेला सक्रिय राखिराख्यो भने उनीहरुभित्रको प्रतिभा प्रस्फुटन हुनेछ,’ उनले भने, ‘पढाई नहुँदा यो बेला एसईई दिएका विद्यार्थी फुर्सदिला बनेका छन् । उनीहरुलाई कुनै न कुनै गतिविधिमा सहभागी बनाएर सक्रिय बनाउन आवश्यक छ । विद्यार्थीको रचना खेर जान दिनु हुँदैन ।’

विद्यार्थीलाई प्रविधिमा स्मार्ट बनाउनका लागि सूचना प्रविधिसँग सम्बन्धित गतिविधि आवश्यक रहेको छ । माइ सेकेन्ड टिचर (एमएसटी)सँगको सहकार्यमा सूचना प्रविधिसँग सम्बन्धित कार्यक्रम गरिनेछ । प्रतिभा माविले विद्यार्थीलाई आवश्यकता अनुसार अतिरिक्त पाठ्यक्रम अध्यापन गराएर अब्बल बनाउने गरिएको छ ।

उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार पनि दिइनेछ । सहभागी विद्यार्थीले प्रमाणपत्र पाउनेछन् । माइ सेकेन्ड टिचरका गण्डकी प्रदेश प्रमुख विवेक श्रेष्ठले प्रविधिलाई जोडेर यो कार्यक्रम आयोजना गरिएको बताए ।
विद्यालयका विहानी सत्रका व्यवस्थापन विषयका संयोजक डा. बोधराज ढकालले विद्यार्थीलाई सक्रिय र रचनात्मक बनाउनका लागि यस्ता कार्यक्रम आवश्यक रहेको बताए । प्रतिभा माविमा ११ र १२ कक्षामा व्यवस्थापन, होटल व्यवस्थापन र विज्ञान सङ्कायमा अध्यापन हुन्छ ।







सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु