पशुपंछी प्रति गरिने क्रूर व्यवहार रोक्नुपर्नेमा जोड दिइएको छ । मान्छेका कारण पशुपंछीले दुःख खेप्नु परेको भन्दै पशुप्रति गरिने हरेक किसिमका दुर्व्यवहार रोक्न आवश्यक रहेकोमा एक कार्यक्रममा सहभागीहरुले जोड दिएका हुन् ।
पशुपंछी कल्याणको क्षेत्रमा विगत १४ वर्षदेखि काम गर्दै आएको एनिमल नेपालले पोखरामा आयोजना गरेको पशुपंछी कल्याण सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमका वक्ताहरुले मासु र शौखका लागि पशुपंक्षीलाई क्रूर तरिकाले दुःख दिएको बताए ।
नेपाल रेडक्रस सोसाइटी पोखरा ८, उपशाखासंग समन्वय गरी आयोजित कार्यक्रममा एनिमल नेपालका सुपरभाइजर देव उपाध्यायले सहजीकरण गरेका थिए ।
एनिमल नेपालले विशेष गरी पशुपंछी कल्याणका ५ आधारभूत मान्यताहरुलाई जोड दिने गरेको जानकारी उपाध्यायले जनाए ।

लामो समयदेखि पशुपंछी कल्याणका क्षेत्रमा काम गर्दै आएको एनिमल नेपालले एक वर्षदेखि पोखरामा पनि आफ्ना कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
नेपालमा पशुपंछी कल्याण तथा पशु अधिकारका लागि धेरै ऐन/कानूनहरु बनेका भएतापनि ती कानूनहरूको पालनामा कठिनाई रहेको एनिमल नेपालको ठहर छ ।
बिद्यमान भएका कानूनहरुको बारेमा जानकारी हुनु तथा ती कानूनको पालना गर्नु एउटा असल नागरिकको कर्तव्य हो भन्दै पशुपंछी प्रति गरिने व्यवहारमा परिवर्तन ल्याउनु जरूरी रहेको उपाध्याय बताउँछन् ।
रेडक्रस उपशाखा ८ की सभापति सीता पाण्डेले पशुपंछी कल्याण मानव स्वास्थ्यका लागि अत्यावश्यक विषय भएकोले सबैले पशुपंछीको कल्याणका लागि ज़िम्मेवारपूर्ण भूमिका निभाउनुपर्ने बताइन् ।
परम्परादेखि नै मानव समुदाय तथा पशुपंछी एक अर्काका परिपूरक भए तापनि मानवले पशु प्रति गर्ने व्यवहार निर्दयी भएको, पशुलाई मानवले आफ्नो स्वार्थपूर्तिका लागि प्रयोग गर्ने गरेको, मनोरञ्जनका लागि पशुलाई विभिन्न चिडियाघर, सर्कस, पिंजडाजस्ता स्थानमा थुनेर राख्ने गरेको भन्दै उनले यो एक प्रकारको अपराध नै रहेको बताए ।

एनिमल नेपालले पोखरामा बिशेषगरी अण्डा उत्पादनका लागि पालिने लेयर्स कुखुराको कल्याण लागि पिंजडामुक्त अभियान सम्बन्धी पैरवी गर्नुका साथै मासु प्रयोजनका लागि राँगा भैसी ढुवानीमा देखिएका समस्या समाधानका लागि पनि काम गर्दछ ।
सम्बन्धित खबर
अवैध रूपमा बालुवा ओसार्ने दुई ट्याक्टरलाई जरिवाना
बस र मोटरसाइकल ठोकिँदा एक जना घाइते
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
नागरिक जहाँ, सेवा त्यहीँ : पोखरामै पुगेर १६९ जनाको भत्ता नवीकरण
जोर्ज जोनको ९५ औं जन्मदिनमा पोखरा वृद्धाश्रममा भोजनदान
कास्की अन्तरविद्यालय स्क्राबल च्याम्पियनसिप सम्पन्न, ८ खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट
यो पनि पढौँ
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम