स्याङ्जाको पुतलीबजार नगरपालिका -१४ लामागे स्थित मोटरेवल पुलको जिपमा राख्न लागिएको क्रसर उद्योग नराख्न उच्च अदालत पोखराले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
पुतलीबजार नगरपालिकाका नगरप्रमुख तुलसीराम रेग्मीलाई विपक्षी बनाई उच्च अदालत पोखराका न्यायाधीश धनसिंह महराको इजलासले उक्त क्रसर उद्योग स्थापना सम्बन्धी कार्य नगर्नु नगराउनु भनी अल्पकालीन आदेश जारी गरेको हो ।
कार्यपालिकाको बैठकमार्फत पुतलीबजार नगरपालिकाले लामा कन्स्ट्रक्सन प्रा.लि. काठमाडौंलाई आँधीखोला बगरबाट मेसिन/उपकरण प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन तथा संकलनका लागि अनुमती दिने निर्णय गरेको थियो ।
मापदण्ड विपरीत मोटरेवल पुलको जिपमा डम्पिङ गरि क्रसर उद्योग संचालनका लागि तयारी भएसङ्गै स्थानीयले बिरोध जनाउँदै आएका थिए । क्रसर उद्योग संचालनको मापदण्डभित्र विद्यालय, बस्तीसमेत रहेको बताउँदै स्थानीय अग्नि प्रसाद भण्डारीले उच्च अदालत पोखरामा रिट दायर गरेका थिए ।
उच्च अदालत पोखराले पुतलीबजारका नगरप्रमुख रेग्मीलाई विपक्षी राखी जारी गरेको परमादेशमा १५ दिनभित्र आफै वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न उल्लेख गरिएको छ । सोही पत्रमा आगामी असार ३ गते अन्तरिम आदेशको छलफल समेत हुने भनिएको छ ।
नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना अन्तर्गत विश्व बैंकको लगानी तथा नेपाल सरकारको अनुदान भएको सडक निर्माणमा स्थानीय सरकारले निर्माण सामाग्री उपलब्ध गराउनुपर्ने भएकाले समय अभावका कारण आयोजनाको लागि नदीजन्य पदार्थ उत्खननका लागि मेसिन/उपकरणहरु प्रयोग गर्न अनुमति दिएको पुतलीबजार नगरपालिकाले जनाएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
रास्वपा स्याङ्जामा नेतृत्व चयन, सभापतिमा पुनः रुक्मागत भण्डारी
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु