आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

pakrau

भोजपुर । भोजपुरमा आमाको हत्या गरेको आरोप छोरा पक्राउ परेका छन् ।

अरूण गाउँपालिका–४ ल्याङडाँडा चरम्बीमा स्थानीय ६८ वर्षीया आमा निरकुमारी तामाङलाई हत्या गरेको आरोपमा ३४ वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

मिलनलाई आइतबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अरूणले खुर्पा प्रहार गरी निरकुमारीको हत्या गरेको सूचनाको आधारमा चरम्बीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ