ह्वीप अटेर गरेका फणिन्द्र देवकोटामाथि कारबाही प्रक्रिया सुरू भइसक्यो : माओवादी

ह्वीप अटेर गरेका फणिन्द्र देवकोटामाथि कारबाही प्रक्रिया सुरू भइसक्यो : माओवादी

'हाम्रै चुनाव चिन्ह लिएर जितेपछि माओवादी संसदीय दलको सदस्य'

Hari Chuman

नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्हबाट निर्वाचित भएका नेपाल समाजवादी पार्टी (नेसपा) का फणिन्द्र देवकोटाले फ्लोर क्रस गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वास मत दिएपछि माओवादी केन्द्रले कारबाही प्रक्रिया अघि बढाएको छ ।

माओवादी गण्डकी प्रदेश सभा संसदीय दलका नेता हरिबहादुर चुमानले ह्विप उलङ्घन गरेकोमा प्रदेशसभा सदस्य फणीन्द्र देवकोटामाथि कारबाही गर्ने बताएका हुन् । दलको ह्विप उलङ्घन गरेकाले देवकोटामाथि कारबाही गरिने चुमानले बताए ।

देवकोटाले दलको ह्विप उलङ्घन गरेकाले संविधान र कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइसकेको चुमानले बताए । उनले भने –’कारबाहीको सबै प्रक्रिया पुरा भएपछि संसद् सचिवालयमा पेस गरिन्छ । कारबाही भएको कुरा सभामुखले संसदमा जानकारी दिएपछि पदमुक्त हुनुहुनेछ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ