गण्डकीमा फ्लोर क्रस गर्ने फणिन्द्र, एमालेलाई नसघाएका पञ्चराम र जता पनि मिल्ने मनाङे मन्त्री बन्दै

मत दिँदा मन्त्रीः

गण्डकीमा फ्लोर क्रस गर्ने फणिन्द्र, एमालेलाई नसघाएका पञ्चराम र जता पनि मिल्ने मनाङे मन्त्री बन्दै

phadindra pancharam manange

पोखरा । नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्रीमा निरन्तर रहन सघाएकाहरूले तात्तातै मन्त्री पद पाउँदैछन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले सोमबार प्रदेश सभाबाट विश्वासको मत पाए लगत्तै मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

पाण्डेले फणिन्द्र देवकोटा, दिपक मनाङे र पञ्चराम तमुलाई मन्त्री बनाउने भएका हुन् ।

पाण्डेलाई विश्वासको मत दिन देवकोटाले फ्लोर क्रस गरेका थिए । उनी माओवादी केन्द्रको चिह्नबाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका सांसद हुन् । उपधारा ३ मा उनलाई माओवादीको ह्वीप लाग्छ ।

त्यसैगरी, यसअघि तटस्थ बसेको राप्रपाले पनि पाण्डेलाई विश्वासको मत दिएको छ । पाण्डेले राप्रपाबाट पञ्चराम तमुलाई मन्त्री बनाउन लागेका हुन् ।

यसअघि, खगराज अधिकारीलाई समर्थन गर्दै सरकारमा गएका दिपक मनाङेले पनि सोमबार सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिए । उनी पनि मन्त्री बन्दैछन् । त्यसअघि पाण्डे सरकारमै मनाङे मन्त्री बनेका थिए । उनी अब छैटाैँ पटक मन्त्री बन्दै रेकर्ड राख्दैछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ