गण्डकीमा मनाङे छैटौँ पटक मन्त्री बन्दै

सरकार विस्तार

गण्डकीमा मनाङे छैटौँ पटक मन्त्री बन्दै

deepak manange mantri

तस्वीरः सुदर्शन रञ्जित

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज मंगलबार मन्त्रिपरिषद् विस्तार गर्दैछन् । विश्वासको मत प्राप्त गरेपछि प्रदेशसभामा प्रदेश प्रमुखबाट नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुँदैछ ।

सोमबार प्रदेश सभाबाट विश्वासको मत पाएका पाण्डेले पहिलो चरणमा दिपक मनाङेलाई मन्त्री बनाउने भएका हुन् । मुख्यमन्त्री पाण्डेले आफूलाई साथ दिएर मत दिने सबैलाई मन्त्री पद दिन लागेका हुन् ।

यसअघि खगराज अधिकारीलाई समर्थन गर्दै सरकारमा गएका दिपक मनाङेले पनि सोमबार सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए । त्यसभन्दा अघि मनाङेलाई भौतिक तथा पूर्वाधार मन्त्री बनाउने पाण्डे नै थिए ।

हरेक सरकारलाई बहुमत पुर्‍याउन निर्णायक रहँदा मनाङे ५ पटक मन्त्री भइसकेका छन् । अब छैटौं पटक मन्त्री बनेर आफ्नै रेकर्ड तोड्दैछन् ।

पाण्डेलाई विश्वासको मत दिन नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेका थिए । उनी माओवादी केन्द्रको चिह्नबाट चुनाव जितेका सांसद हुन् । उनलाई पनि सरकारमा ल्याउने पाण्डेले तयारी गरेका छन् । तर, माओवादीबाट हुने कारबाही र त्यसपछि कानुनी झमेलामा पर्ने कारण फणिन्द्रलाई अफ्ठेरो पारिरहेको छ। उनी पनि मन्त्री बन्ने पक्का छ  ।

त्यसैगरी, यसअघि तटस्थ बसेको राप्रपाले पनि पाण्डेलाई विश्वासको मत दिएको छ । मुख्यमन्त्री पाण्डेले राप्रपाबाट पञ्चराम तमुलाई मन्त्री बनाउन प्रस्ताव गरेका छन् । तर राप्रपाले भने तत्काल सरकारमा जाने विषयमा निर्णय नभएको जनाएको छ । पञ्चराम एमालेप्रति लचिलो नेता भएपनि केन्द्रीय निर्णयका कारण काँग्रेस पक्षमा पुगेका छन् ।

मन्त्री पदका लागि मत दिएको भन्ने आरोपबाट बच्न दुवै जना तात्तातै मन्त्री बन्न नखोजेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ