गण्डकीमा मनाङेसँगै फ्लोर क्रस गरेका फणिन्द्र पनि मन्त्री नियुक्त

गण्डकीमा मनाङेसँगै फ्लोर क्रस गरेका फणिन्द्र पनि मन्त्री नियुक्त

fadindra-manange-1718083744

गण्डकी प्रदेशमा स्वतन्त्र सांसद राजीव गुरूङसँगै फ्लोर क्रस गरेका माओवादी केन्द्र संसदीय दलका सदस्य फणिन्द्र देवकोटा पनि नियुक्त भएका छन् ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । यसअघि पाण्डेले नै अघिल्लो कार्यकालमा मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय दिएका थिए । र, सोही मन्त्रालयमा खगराज अधिकारीले पनि निरन्तरता दिएका थिए ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार संसदमा प्रस्तुत हुनुअघि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुई मन्त्री नियुक्त गरेका हुन् । फणिन्द्र पहिलोपटक र मनाङे छैटौँपटक मन्त्री बनेका हुन्

उनीहरूको शपथ आजै बिहान साढे ११ बजे पोखरा ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको हलमा गर्ने तयारी छ ।

मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिएका राप्रपाबाहेक अन्य दुई सांसदलाई मन्त्री बनाएका हुन् । राप्रपा तत्काल सरकारमा नजाने भएको छ ।

मुख्यमन्त्री पाण्डेले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । उनलाई कांग्रेसका २७, राप्रपाका दुई, माओवादी संसदीय दलका सदस्य नेसपा नेता देवकोटा र स्वतन्त्र सांसद मनाङेले विश्वासको मत दिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ