स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका स्थित घट्टेखोलामा शिलान्यासको पाँच महिनामै मोटरेबल पुल निर्माण भएको छ ।
अर्जुनचौपारी सदरमुकामबाट छोटो दुरीमा रहेको देशकै पहिलो पर्यटकीय ग्रामीण गाउँ सिरुवारी जाने बाटोमा पर्ने उक्त मोटरेबल पुल निर्माण थालेको पाँच महिनामै सम्पन्न भएको हो ।
दुई पालिका अर्जुनचौपारी र आँधीखोला हुँदै पर्वत जिल्ला जोड्ने उक्त मोटरेबल पुल संघीय सरकारको ५० लाख र बाँकी पालिकाको बजेटमा निर्माण भएको हो । पुल निर्माणका लागि टेन्डर रकममा २७ प्रतिशत छाडेर एक करोड १६ लाख ५४ हजार ६९ रुपियाँ ४५ पैसामा अँगेरे भँगेरे निर्माण सेवा कम्पनीले निर्माण कार्य सम्पन्न गरेको हो । गत पौष १२ गते एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेकोमा निर्माण कम्पनीले फागुन १ गतेबाट नै काम सुरु गरेको थियो ।
पालिकाका सव-इन्जिनियर सन्दिप बोगटीले १० मिटर लम्बाई रहेको पुल ५ मिटर चौडा रहेको जानकारी दिए । पुल निर्माणको मुख्य काम सकिसकेको र दुई छेउको पहुँच मार्ग निर्माण गर्ने काम बाँकी रहेको बोगटीले बताए ।
युवा निर्माण व्यवसायी युवराज गुरुङले सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दै पुल छिटो नै बनाएको बताए । पुल नहुँदा बर्सादको समयमा जोखिमपूर्ण र लामो यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो ।
पुल नहुँदा चार वर्ष पहिला शहरेखोला पुल शिलान्यासमा आएका तत्कालीन भौतिक पुर्वाधार मन्त्री रघुवीर महासेठको गाडी समेत बगाएको थियो ।
सम्बन्धित खबर
प्रदेश मातहतको अस्पताल चलाउने निर्णय, खर्च नबेहोर्ने भएपछि विवाद
भोटेकोशी बाढीपीडितको शान्तिको कामना गर्दै नवग्रह धाममा विशेष महाअनुष्ठान
राम्दीको नयाँ आर्च पुलको भारवहन क्षमता परीक्षण
पाँच वर्षदेखि अलपत्र आयुर्वेद औषधालयको भवन निर्माण
अर्जुनचौपारीमा तीन दिन नवग्रह महासाम्राज्य महाअनुष्ठान हुने
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
यो पनि पढौँ
कास्कीको अन्नपूर्णमा किम्रुङ खोला थुनियो, मोदीखोला हुँदै कालिगण्डकी दोभानसम्म बाढीको जोखिम
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
पोउवा संघको ७२ वर्षे इतिहासमा पहिलो महिला नेतृत्व, अध्यक्षमा शोभा गौतम निर्वाचित
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु