गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टसँग कैलाली बहुमुखी क्याम्पस, धनगढीबाट आएका प्रशासकीय कर्मचारीहरुको टोलीले भेट गरी बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
नेपालका क्यूएए सर्टिफाइड क्याम्पसहरुको अवलोकन भ्रमण गर्ने सिलसिलामा पोखरा आएको टोलीले यहाँ पृथ्वीनारायण क्याम्पस, जनप्रिय क्याम्पसका साथै लुम्बिनी वाणिज्य क्याम्पस बुटवल, बालकुमारी क्याम्पस चितवनको भ्रमण गरेको सहायक क्याम्पस प्रमुख डा. लोकबहादुर बिष्टले जानकारी गराए ।

टोलीमा सहायक क्याम्पस प्रमुख बिष्टसँगै प्रशासन प्रमुख डिलबहादुर धामी, लेखा अधिकृत बालकृष्ण जोशी, पुस्तकालय अधिकृत टोपराज ढुंगाना, नासु सुरत बोगटी, प्रशासन सहायक तेजेन्द्रबहादुर शाहु, लेखा सहायक तीर्थ रावल र परीक्षा सहायक पुष्पराज उपाध्याय सहभागी थिए ।

प्रदेश प्रमुख भट्टले शिक्षक बनेर पनि एक कालखण्डमा योगदान दिएको स्मरण गर्दै सुदूर पश्चिमको शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिएको उनीहरुले बताए । आज सुदूरका अभिभावकलाई गण्डकीको प्रमुखका रुपमा पाउँदा सारा सुदूरबासी हर्षले गद्गद् बनेको उनीहरुको भनाई थियो ।
प्रदेश प्रमुख भट्टले टोलीको भ्रमण फलदायी बनोस् भन्दै शुभकामना व्यक्त गरे ।


सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन