गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मुलुकको समग्र विकासमा मुस्लिम समुदायको योगदानको सम्मान गरेका छन् ।
सबै नेपालीहरूबीच भाइचारा, सद्भाव र समानताको भावना अझ प्रगाढ बनाउन जरूरी रहेको भन्दै उनले मुस्लिम समुदायको शिक्षा, स्वास्थ्य र सामाजिक–आर्थिक अवस्था सुधार गर्न सबै पक्षले प्रयास गर्नुपर्नेमा जोड दिए ।
मुस्लिम आयोगले पोखराको मियापाटनमा आयोजना गरेको एक कार्यक्रममा प्रमुख अतिथि भट्टले विविधतायुक्त नेपाली समाज नै हाम्रो साझा सम्पत्ति रहेको बताए ।

उनले भने – ‘नेपाल बहुजातीय, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक हो । यहाँका सबै समुदायमा सदियौँदेखि आपसी सद्भाव र सहिष्णुता रहँदै आएको छ । नेपाली समाज भित्र एकआपसमा एकता र मैत्रीपूर्ण वातावरण छ । नेपालमा मुस्लिम समुदाय एक महत्वपूर्ण समुदाय हो। यहाँ सदियौंदेखि मुस्लिम समुदायको उपस्थिति रहेको छ।’
ईस्लाम धर्मावलम्बीहरू अल्पसंख्यक रहेता पनि यो समुदायको अलग्गै पहिचान रहेको भन्दै भट्टले मुस्लिम समुदायले व्यापार, कला, संगीत, सौन्दर्य र खानपानमा अद्वितीय योगदान पु¥याएको उल्लेख गरे ।

परम्परागत शैक्षिक व्यवस्थाको रुपमा रहेको मदरसा शिक्षालाई सुदृढ र संस्थागत गर्न जरुरी देखिएको र मदरसा शिक्षालाई राष्ट्रिय मापदण्ड अनुसार र औपचारिक शिक्षाको समकक्षता र पद्धतिमा ल्याउन ठोस कार्यक्रमहरुको अझै आवश्यकता देखिएको उनको भनाई छ ।

‘राज्यले मुस्लिम समुदायलाई केही आरक्षणको व्यवस्था गरेको छ । यद्यपि, राज्य संयन्त्रका विभिन्न निकायबाट सञ्चालित लक्षित कार्यक्रमहरुको पहुँच मुस्लिम समुदायका विपन्न नागरिकसम्म पुग्न बाँकी नै रहेको पाइन्छ।’ उनले भने – ‘मुस्लिम समुदायको आर्थिक, सामाजिक, साँस्कृतिक लगायतका क्षेत्रमा सशक्तीकरण आवश्यक छ । उनीहरूको क्षमता तथा नेतृत्व विकासले मात्र समतामुलक समाज निर्माणमा टेवा पुग्दछ ।’
कार्यक्रममा आयोगका अध्यक्ष समिम मिया अन्सारीलगायतले बोलेका थिए ।


सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन