प्रदेश सरकारको नीति तथा कार्यक्रममा विपक्षमा रहन भन्दै लगाइएको ह्वीप पालना नगरेको भन्दै नेकपा एमाले संसदीय दल, गण्डकीले पार्टीका एक सांसदलाई स्पष्टीकरण सोधेको छ ।
सांसद गणेशमान गुरूङलाई पार्टीले शनिबार स्पष्टीकरण सोधेको हो । तीन दिनभित्र जवाफ पठाउन भनी विधानअनुसार स्पष्टीकरण सोधिएको प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले जानकारी दिए ।
प्रदेशसभामा सभामुख कृष्णप्रसाद धितालले शुक्रबार नीति तथा कार्यक्रम निर्णायार्थ प्रस्तुत गरेको समयमा सांसद गुरूङ सभामा थिएनन् । तर, त्यस बैठकमै गुरूङ अनुपस्थित भने भएका हैनन् । नीति तथा कार्यक्रममाथि उनले आफ्नो धारणा राखेका थिए र नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत हुने बेला उनी निस्किसकेका थिए ।
निर्णयार्थ प्रस्तुत गर्दा विपक्षमा रहनू भनेर दलले ह्वीप लगाएको प्रमुख सचेतक नेपाली बताउँछन् । तर, गुरूङ भने ह्वीप लगाउने कुरा दलको बैठकमा नभएको बताउँछन् । मोबाइल संसदमा लैजान बिर्सेकाले ह्वीपबारे थाहा नभएको सांसद गुरूङको भनाइ छ ।
उनले त्यसदिन मोबाइल संसदमा लैजान बिर्सिएको बताउँदै पछि मात्रै संसद बैठक चलिरहेको समयमा म्यासेज आएको थाहा भएको बताए ।प्रमुख सचेतक नेपालीले भने स्पष्टीकरण आएपछि थप प्रक्रिया अघि बढाइने बताउँछन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ