पोखरा । देशका केही स्थानमा आज आइतबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी क्षेत्रमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
अहिले कोशी र मधेश प्रदेशमा साधारणतया बदली, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली भइ बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरुमा तथा मधेश र बाग्मती प्रदेशका थोरै स्थानहरुमामा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।
आइतबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेश लगायत बाँकी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी क्षेत्रमा आंशिक देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सम्बन्धित खबर
एमालेले बाढीपीडितलाई कम्तीमा एक करोड २० लाख राहत दिने
बालेन-रविबीच सिंहदरबारमा भेट, के भयो कुराकानी ?
कृष्णभीरको ठूलो पहिरोका कारण मलेखु–मुग्लिन सडक दशैंअघि खुल्ने सम्भावना न्यून
बूढीगण्डकीको सहायक स्यार खोला केहीबेर थुनियो, बाढीको भने जोखिम छैन
मित्रराष्ट्रहरूसँग सरकारले माग्यो सहयोग
बाढी गएको चार दिनपछि टिमुरे-रसुवागढी क्षेत्रमा सरकारको उपस्थिति, चाउचाउ पुग्यो
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो