पोखरा । अनुपम म्युजिक, पोखराले आफ्नो २०२ औँ शृङ्खलाको उद्घोषण तथा भाषणकला तालिम सम्पन्न गरेको छ ।
शनिवार पोखरामा आयोजित समापन समारोहमा पोखरा महानगरपालिका– ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले सहभागीलाई प्रमाणपत्र वितरण गरे । जीवनको अनिवार्य सिपका रूपमा भाषणकलाको चर्चा गर्दै पराजुलीले यस्तो सिप सबै वर्ग र क्षेत्रका मानिसले सिक्नुपर्नेमा जोड दिए । आफूले पनि आफ्नो वडाका दिदीबहिनी, आमा समूह, टोल विकास संस्थाका प्रतिनिधिहरूका लागि भाषणकलासम्बन्धी तालिम आयोजना गरेको स्मरण गर्दै उनले यसले मानिसको व्यक्तित्वलाई उच्च बनाउन सहयोग गर्ने अनुभव सुनाए । अनुपम म्युजिकले २० वर्षदेखि सञ्चालन गर्दै आएको तालिमबाट उच्च पदस्थ नेताहरूसम्म लाभान्वित भएको भन्दै पराजुलीले यो अभियानको प्रशंसा गरे ।
अनुपम म्युजिकका संरक्षक वीरेन्द्र पालिखेको अध्यक्षतामा भएको कार्यक्रममा अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीले अनुपम म्युजिकबाट हालसम्म १० हजारभन्दा बढी व्यक्तिले तालिम लिइसकेको जानकारी दिए । उनले अनुपममा एक पटक पैसा तिरेर तालिम लिएपछि जति पटक पनि निःशुल्क तालिम लिन सकिने बताए ।
कार्यक्रममा गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङ, र्यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावी, समाजसेवी राजकुमार घिमिरे, प्रशिक्षार्थीहरू अनुपमा अधिकारी, मिलन बराल, अर्नभ तुलाचन, ओजस्वी गौतमलगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन प्रशिक्षार्थीद्वय श्रेया अधिकारी र एलिसा थापाले गरेका थिए । सो अवसरमा गायिका कृषिका घिमिरेले गायन प्रस्तुत गरेकी थिइन् । तालिममा अनुराग अधिकारी, रुपिन्द्र प्रभावीलगायतले प्रशिक्षण दिएका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह