पोखरा २६ मा योजना छान्ने जिम्मा महिलालाई

पोखरा २६ मा योजना छान्ने जिम्मा महिलालाई

Ward-No-26-Yojana-Chhanut-News

पोखरा महानगरपालिका वडा २६ ले आगामी आव २०८१/०८२ का योजना छनोट गर्ने जिम्मा महिलालाई दिएको छ ।

मातृशक्तिमा समन्यायिक बजेट विनियोजन र आवश्यकता पहिचान गर्ने क्षमता हुने भएकाले योजना छनोटको जिम्मा वडाका आमा तथा महिला समूहलाई दिइएको वडाध्यक्ष नरेन्द्र थापाले बताए ।

उनीहरुलाई १ करोडको बजेट सिलिङभित्र सबैलाई समेट्ने गरी योजना ल्याउन अध्यक्ष थापाले आग्रह गरे । बजेट निर्माणमा पुरुषले कुनै हस्तक्षेप नगर्ने उल्लेख गर्दै वडाध्यक्ष थापाले महिला जनप्रतिनिधि लक्ष्मीदेवी भट्टराई, सुजता बराल सुनार र महिला समूहतर्फबाट अम्रिता बराललाई समन्वय गर्ने जिम्मेवारी दिइएको बताए ।

वडाले सोमबार महिला तथा आमा समूह, युवा, बालबालिका एवं विभिन्न संघसंस्थाका प्रतिनिधि र दलका स्थानीय नेतृत्वलाई स्थलगत अध्ययन र चालु आवमा कामको प्रगतिबारे वडाभ्रमण गराएको थियो । भ्रमणपछि वडाध्यक्ष थापाले भौतिक पूर्वाधारतर्फ देखिने गरी विकास भएको उल्लेख गर्दै अब मानवीय संशाधन विकासमा जोड दिइने बताए ।

पूर्वन्यायाधीश बासुदेव न्यौपानेले जनतालाई विकास, समस्या र समाधानका लागि स्थलगत रुपमै भ्रमण गराएर वडाले नमुना कार्य गरेको बताए ।

कार्यक्रममा लेखनाथ खानेपानी उपभोक्ता संस्था अध्यक्ष मुरारी शर्मा, स्थानीय हरिप्रसाद अधिकारी, अमृता बराल, आदर्शमोहन भट्टराई लगायतले योजना छनोट विधि महानगरमै नमुना भएको बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds