कुखुराको खोरमा लुकाइराखेको लागूऔषधसहित पोखराबाट एक पक्राउ

पक्राउ

कुखुराको खोरमा लुकाइराखेको लागूऔषधसहित पोखराबाट एक पक्राउ

rabi-poudel

पोखरामा कुखुराको खोरमा लुकाइराखेको अवस्थामा लागूऔषधसहित एक पक्राउ परेका छन् ।

लागूऔषधको सञ्चय र विक्री बितरण गरी रहेको भन्ने सूचनाको आधारमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरी मुद्दा चलाएको हो ।

कास्की प्रहरीका अनुसार विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार दिउँसो ५ बजे पोखरा महानगरपालिका वडा नं. ७ स्थायी घर भई हाल पोखरा-१४ मझेरीपाटन बस्दै आएका ४३ वर्षीय रबी पौडेल नियन्त्रणमा लिएको हो ।

पौडेलको साथबाट कुखुराको खोरमा लुकाइराखेको डाईजापाम ७५ एम्पुल, फेनेरागन ७५ एम्पुल, नुर्फिन ७५ एम्पुल गरी जम्मा दुई सय २५ एम्पुल लागूऔषध बरामद भएको छ ।

पौडेलबिरुद्ध कास्की जिल्ला अदालतबाट लागूऔषधसम्बन्धी मुद्दामा सात दिन म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds