ह्वीप उल्लंघन गरेपछि माओवादी केन्द्र संसदीय दलको कारबाहीमा परेका गण्डकी प्रदेश सभा सदस्य फणिन्द्र देवकोटाले बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।
देवकोटाले आफूमाथिको कारबाही गैरकानुनी भएको जिकिरसहित रिट दर्ता गराएका हुन् । उनले माओवादी केन्द्र संसदीय दलको उक्त निर्णय कार्यान्वयनमा रोक लगाउन पनि माग गरेका छन् ।
देवकोटाले गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, प्रदेशसभा सचिवालय, नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, प्रदेश समिति, संसदीय दलका नेता हरिबहादुर चुमान र निर्वाचन आयोगलाई विपक्षी बनाएका छन् ।
देवकोटाले जेठ २९ को पत्र र जेठ ३२ को सूचना कार्यान्वयन नगर्नू नगराउनू भनी अन्तरिम आदेशको माग गरेका छन् । त्यस्तै, प्रदेशसभा सदस्यको हैसियतमा पूर्ववत् कामकाज गर्न अवरोध नगर्नु भनी अन्तरिम आदेश जारी गर्नसमेत उनले माग दाबी गरेका छन् ।
देवकोटाले बिहीबार सर्वोच्चमा दायर रिटमा आफूलाई माओवादी संसदीय दलले गरेको कारबाही र त्यस आधारमा सभामुख धितालले प्रदेशसभामा वाचन गरेको पत्र खारेज गर्न माग गरेका छन् । ‘नेपाल समाजवादी पार्टीको प्रदेश सभा सदस्यको हैसियतले कार्य गर्न दिनु भनी परमादेश लगायत जो चाहिने आज्ञा आदेश जारी गरी मौलिक र कानूनी हक प्रचलन गरी न्याय दिलाई पाऊँ,’ देवकोटाले रिटमा भनेका छन् ।
यो रिटमा आइतबार सर्वोच्चमा सुनुवाइ हुनेछ ।
देवकोटाले माओवादीको निर्णयअनुसार गत जेठ ३१ गते प्रदेशसभा सदस्यको पद गुमाएका थिए । उनको पद गएको सूचना सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा सुनाएका थिए । त्यससँगै उनले सांसद र मन्त्री दुवै पद एकसाथ गुमाएका थिए ।
माओवादी चुनाव चिह्नबाट विजयी देवकोटाले आफू नेपाल समाजवादी पार्टीको सांसद भएको र आफूलाई ह्वीप नलाग्ने भन्दै जेठ २८ गते मुख्यमन्त्री पाण्डेको पक्षमा उभिएर बहुमत दिलाएर सरकार जोगाइदिएका थिए । २७ सांसदसहित संसदको ठूलो दल कांग्रेसका मुख्यमन्त्री पाण्डेले राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरुङ र देवकोटाको मतबाट विश्वासको मत प्राप्त गरेका थिए । त्यसको भोलिपल्ट जेठ २९ गते देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नियुक्त भएका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन