स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा अन्तराष्ट्रिय योग दिवस -२०२४ को अवसरमा योगासहित सरसफाइ कार्यक्रम गरी मनाइएको छ ।
अर्जुनचौपारी गाउँपालिकाको आयोजनामा `आफू र समाजको लागि योग´ भन्ने मुल नारासहित बजार क्षेत्रका आमा समूह, युवा क्लब तथा पालिकाका कर्मचारी लगायतको उपस्थितिमा पालिकाको प्राङ्गणमा योगा कार्यक्रम गरी अर्जुनचौपारी बजारदेखी मजुवा बजारसम्म सरसफाइ गरी विश्व योग दिवस मनाइएको हो ।
कार्यक्रममा अर्जुनचौपारी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष रन बहादुर थापाले योग र ध्यानको लागि पालिकाले सधैं प्राथमिकताका साथ अगाडि बढाउने कुरा व्यक्त गरेका थिए ।
त्यस्तै, अर्जुनचौपारी आयुर्वेद शाखाका कबिराज शिव प्रसाद अर्यालले आफू र समाजको लागि योग भन्ने विषयमा प्रशिक्षण दिँदै उचित आहार बिहार र स्वस्थ जिवनशैलीको बारेमा जानकारी दिएका थिए ।
अर्जुनचौपारी गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष रन बहादुर थापाको अध्यक्षतामा सम्पन्न विश्व योग दिवसको कार्यक्रममा स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत सन्तोष पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने बैधे निरीक्षक ललित थापाले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा