लोकदोहोरी गीत प्रतिष्ठानको नेतृत्व गरिसकेका बद्री पंगेनीसहित चोलेन्द्र पौडेल, माया गुरुङ लगायत गायक-गायिकाको स्वर रहेको लोकदोहोरी गीत ‘बसे है पालेदाइ’ विवादित बनेको छ ।
गीतमा सरकारी स्कूललाई मायाप्रेम गर्ने थलोको रुपमा चित्रित गरिएको भन्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाका शिक्षक संघ-संगठनहरुले प्रतिबन्ध लगाउन माग गरेका छन् । विद्वत वर्गबाटसमेत गीत र भिडियोको आलोचना गरिएको छ ।
लोक संस्कृतिमा विद्यावारिधी गरेका डा. तुलसीराम खनालले सबैभन्दा पहिले यस गीतलाई हटाउन माग गरेका हुन् ।
अन्नपूर्ण गाउँपालिकाको नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र एकीकृत अखिल नेपाल शिक्षक संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै गीतलाई युट्युब लगायत प्लाटफर्मबाट हटाउन माग गरेका छन् ।
‘विद्यालय जस्तो ज्ञानको मन्दिरलाई मायाप्रेम गर्ने थलोका रुपमा चित्रण गर्दै नेपाली राष्ट्रिय गानको अपमान गरी राष्ट्रिय गान गाएको अवस्थामा गरिएका विभिन्न हर्कत खेदजनक छन् । शिक्षकहरुलाई अपमानित हुने गरी राखिएका टुक्का, विद्यालयमा गरिएको छायांकन, विद्यालय कर्मचारीप्रति काम नगरी जागिर खाने र कार्यालयभित्र शिक्षकलाई अमर्यादित सोच राख्ने मान्छेको रुपमा चित्रण साथै विद्यार्थीले विभिन्न भाषामा अभिवादन गर्दा शिक्षकले भौतिक सजाय दिएको जस्ता अपाच्य दृश्यले विद्यालय शिक्षाप्रति नै नकारात्मक भाव प्रकट गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
विद्यार्थीहरुले स्कुलभित्रै शिक्षकमाथि अनादर गरेका दृश्यले विद्यार्थीको मानसिकतामा नकारात्मक प्रभाव पार्ने कुरामा समेत उक्त गीतले कुनै ख्याल नगरेको शिक्षक संगठनहरुको भनाइ छ ।
उनीहरुले आफ्नो मागलाई बेवास्ता गरेमा गीतलाई बहिष्कार गर्दै गीतसँग सम्बन्धित कलाकारहरुलाई सामूहिक बहिष्कार गर्ने समेत चेतावनी दिएका छन् ।
तीन दिनअघि सार्वजनिक भएको ‘बसे है पालेदाइ’ मा बालकृष्ण श्रेष्ठको शब्द तथा स्वर्गीय जयनन्द लामाको संगीत छ । गीतमा बद्री पंगेनी, चोलेन्द्र पौडेल, माया गुरुङ, सुमन परियार, रवि कार्की, श्याम राना, बालकुमार श्रेष्ठ, सुमित्रा कोइराला, अस्मिता डल्लाकोटी र बालिका तामाङको स्वर छ ।

सम्बन्धित खबर
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
सर्वोच्चमा रवि लामिछानेसम्बन्धी मुद्दा पुनः ‘हेर्दाहेर्दै’मा, मंगलबार फेरि सुनुवाइ हुने
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
कस्टमर ग्रुप नेपालद्वारा पाल्पाको विद्यालयलाई सहयोग
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह