पोखरा । गण्डकी प्रदेशस्तरीय महिला/पुरुष ह्यान्डबल प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा ह्यान्डबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको पहिलो दिन पुरुषतर्फ सात खेल सम्पन्न हुँदा महिलातर्फ लिगचरणका खेल सम्पन्न भएका छन् । महिलातर्फ लिगचरण सकिएसँगै पर्वत र नवलपुर बाहिरिएको छ ।
महिलातर्फको पहिलो खेलमा बागलुङले म्याग्दीमाथि ६–१ को विजयी हासिल गरेको छ । कास्कीले नवलपुरलाई १०–० गोलले पाखा लगायो । म्याग्दीले पर्वतलाई ८–०, स्याङजाले नवलपुरलाई ६–५, बागलुङले पर्वतलाई १२–० र कास्कीले स्याङजालाई ९–१ गोलले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ ।
पुरुषतर्फ भएको पहिलो खेलमा कास्कीले गोर्खामाथि १७–१ को जित दर्ता गरेको छ । तनहुँले म्याग्दीलाइृ १८–७, स्याङजाले पर्वतलाई १४–९, बागलुङले नवलपुरलाई १७–४, म्याग्दीले गार्खालाई २४–३, कास्कीले तनहुँलाई २६–२१ र स्याङजाले नवलपुरलाई २०–४ गोलअन्तरले हराउन सफल भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङले गण्डकी प्रदेश खेलकुदको विकासमा अघि रहेको बताए । उनले खेलाडी उत्पादनका लागि प्रदेशस्तरीय खेलकुद प्रतियोगिता देखी ग्रासरुट सम्मका खेल सञ्चालन गरिराखेको सुनाए । सोही क्रममा प्रतियोगिताको बारेमा जानकारी दिदैँ ह्यान्डबल संघ गण्डकीका उपाध्यक्ष गिरमान गुरुङले पोखरा रंगशालाको कभर्ड हल र ह्यान्डकल कोर्टमा प्रतियोगिता सञ्चालन भएको बताए ।
पुरुषतर्फको समुह ए मा कास्की, गोरखा, तनहुँ र म्याग्दी तथा समूह बी मा बागलुङ, नवलपुर, स्याङजा र पर्वत रहेका छन् । महिला तर्फ समूह ए मा बागलुङ, म्याग्दी, पर्वत र समूह बी मा कास्की, नवलपुर, स्याङजा रहेका छन् ।
प्रतियोगिताको उपाधि बिजेता महिला तथा पुरुष टिमले समान नगद रु ५०–५० हजार, उपविजेताले ३०–३० हजार तेस्रो हुने टिमले नगद रु १५–१५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसै गरी सर्वोत्कृष्ट हुने महिता तथा पुरुष खेलाडीले समान नगद रु ५–५ हजारका साथमा ट्रफी र अन्य उत्कृष्ट हुने विद्यागत खेलाडीहरुले जनही नगद रु २ हजार ५ सयका साथमा ट्रफी प्राप्त गर्ने भएका छन् ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक खेलाडी छनौट समेत गरिने भएको संघका अध्यक्ष एवं खेल पत्रकार केशव पाठकले जनाएका छन् । कार्यक्रममा लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, गण्डकी प्रदेश ह्यान्डबल संघका उपाध्यक्ष शान्ती थापा, सदस्य शान्ता सिंह बस्नेत लगायतको समेत सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’