राष्ट्रिय धान दिवसको अवसरमा देविस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते शनिबार हुने चौथो संस्करणको हेमजा हिले महोत्सव २०८१ को तयारी तीव्र पारिएको छ।
हेमजालाई कृषि पर्यटनसँग जोड्न साथै किसान हुनुमा युवापुस्तालाई गर्व गराउदै कृषिमा आकर्षण बढाउने उद्धेश्यका साथ महोत्सवको आयोजना गरिएको हो । यस महोत्सवले समग्रा पोखरा साथै विष्णुपादुका माई मन्दिरमा पर्यटक आगमन बढने अपेक्षा गरिएको समाजका अध्यक्ष एवं महोत्सव मूल आयोजक समिति संयोजक हरिशरण पौडेलले बताए ।
“कृषिमा कृषकलाई पोत्साहन ः विष्णुपादुका माई मन्दिर हेमजाको सान” भन्ने मुल नाराका साथ आयोजित यस महोत्सवमा हिलोमा फुटबल, महिला पुरुष हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, झाँकी प्रदर्शनी,विद्मालय स्तरीय धान रोप्ने प्रतियोगिता,हल गोरु दौड, माछा समाउने,असारे गीत प्रतियोगिता साथै उत्कृष्ट किसान सम्मान कार्यक्रम हुनेछ ।
उक्त महोत्सवमा विभिन्न कलाकारहरुको संस्कृतिक प्रस्तुति समेत रहने छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
महोत्सब सञ्चालनका लागि अनुमानित रु ७ लाख ३५ हजार खर्च लाग्ने अनुमान गरिएको देविस्थान सेवा समाज कोषाध्यक्ष एवं महोत्सव अर्थ संकलन संयोजक चन्द्रकला पोख्रेलले बताइन् ।
महोत्सव तयारीस्वरुप महोत्सवस्थल वरपर ,विष्णुपादुका धार्मिक क्षेत्रमा आयोजक साथै विष्णुपादुक टोल विकास संस्था, चापाघाट तथा देवीस्थान आमा समुह,चापाकोट टोल विकास संस्था , महिला संञ्जाल स्थानीयवासीको सकृय सहभागितामा निरन्तर सरसफाई गरिएको सरसफाई व्यवस्थापन उपसमिति चेत नारायण तिम्सिनाले जानकारी दिए ।
सम्बन्धित खबर
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो