पोखरा । रुपा गाउँपालिकाले ४६ करोड ७६ लाख ८२ हजार विनियोजन गरेको छ ।
चालु खर्चका लागि ३१ करोड ९४ लाख ५७ हजार र पुँजीगततर्फ १४ करोड ८२ लाख २५ हजार विनियोजन गरिएको छ । गाउँपालिकाले युवाहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउन ३७ लाख विनियोजन गरेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम तथा युवा रोजगारीका लागि ७७ लाख, स्थानीय वस्तुको बजारीकरणका लागि १५ लाख विनियोजन गरेको छ । गाउँपालिकाको कृषि विकास तथा पशु सेवा क्षेत्रको समष्टि विकासका लागि २ करोड ३२ लाख ६२ हजार बजेट विनियोजन गरिएको छ ।

सामाजिक विकासतर्फ २२ करोड २० लाख विनियोजन गरेको छ । स्वास्थ्य क्षेत्रको लागि ४ करोड ४२ लाख ३१ हजार विनियोजन गरेको छ । ज्येष्ठ नागरिक, महिला, बालबालिका, जनजाति, बोटे, जलारी, सहिद, बेपत्ता परिवार, अपांग, मुस्लिम, कुमाललगायत जातजाति तथा वर्गको सशक्तीकरण तथा सुरक्षाका लागि लैंगिक समानता र सामाजिक समावेशीकरणतर्फ ६५ लाख बजेट विनियोजन गरिएको छ ।
गाउँपालिकाले निशुल्क स्वास्थ्य बिमा, उपाध्यक्षसँग महिला कार्यक्रम, मनोपरामर्श तथा सचेतना, आत्महत्या र लागुऔषध दुव्र्यसनी निरुत्साहनलगायत कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाभित्र स्वच्छ खानेपानी तथा सरसफाइ, फोहरमैला तथा ढल व्यवस्थापन, जलउत्पन्न प्रकोप नियन्त्रण तथा विपद् व्यवस्थापन, वन तथा भूसंरक्षण कार्यक्रम, ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक र प्राकृतिक सम्पदाहरूको पहिचान, संरक्षण, प्रवर्धन एवं प्रचार प्रसार, होम स्टे प्रवद्र्धनसहित अन्य पर्यटकीय क्षेत्रको पहिचान र प्रवद्र्धनका कार्यक्रम पनि प्राथमिकतामा राखिएको छ । सशर्त अनुदानको नमुना विद्यालयसहित पूर्वाधार क्षेत्रतर्फ १० करोड ८९ लाख विनियोजन गरिएको छ ।
गाउँपालिकाको नीति तथा कार्यक्रमसमेत पारित भएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
लेखनाथमा गुरुकुल सञ्चालन गरिने
अरौंदी खोलाको कजवेमा आवतजावत बन्द, पटक–पटकको दुर्घटनापछि प्रशासनको कडाइ
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ