पोखरा । सर्वोच्च अदालतले तत्कालका लागि पदमा फर्काएसँगै गण्डकी प्रदेशसभा सदस्य फणिन्द्र देवकोटा आज प्रदेशसभा बैठकका लागि पुगे । तर, प्रदेश सभा बैठकमा प्रवेश गर्न लागेका फणिन्द्रलाई मर्यादा पालकले रोक लगाए । उनी ढोकाबाटै फर्किए ।
गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले तयारी नपुगेका कारण सांसद देवकोटालाई बैठकमा सहभागी नबनाइएको बताएका छन् ।
पार्टीको ह्वीप विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै फणिन्द्रमाथि जेठ ३२ गते माओवादी केन्द्रले कारबाही गरेको थियो । तर, सर्वोच्च अदालतले कारबाही तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएसँगै फणन्द्रिको पद जोगिएको थियो ।
बैठकपछि सभामुख धितालले भने‘केही तयारी नपुगेको कारणले उहाँलाई सहभागी नबनाएको हो । यो प्राविधिक कुरा हो । मैले अध्ययन पनि गर्न पाएको थिएन । कानूनी साथीहरुसँग सल्लाह गरेर प्रक्रिया अगाडि बढाउँछु ।’
मुख्यमन्त्री कार्यालयबाट भने सांसद फणिन्द्र देवकोटालाई मन्त्रीको सपथ खुवाउन प्रदेश प्रमुख कार्यालयलाई तयारी गर्न भनिसकेको थियो । उनलाई मन्त्री पदमा पुनः नियुक्ति गरी आज विहीबार साँझ ५ः३० बजे सपथ खुवाउने तयारीमा मुख्यमन्त्री थिए । तर, संसदमै प्रक्रिया नसकिएकाले नियुक्ति र सपथ भएन ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएर सत्तामा काँग्रेस स्थापित गरिदिएका फणिन्द्रले उपहार स्वरुप उर्जा तथा जलश्रोत मन्त्रालय पाएका थिए । सांसद पद गएसँगै उनको मन्त्री पनि गएको थियो । पाण्डेले अहिले सोहि मन्त्रालयमा पुनः नियुक्ति गर्न लागेका हुन् ।
सपथका लागि प्रदेश प्रमुख कार्यालयले सबै तयारी गरिसकेको थियो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ