स्याङ्जाको पुतलीबजार नगरपालिका -१ स्थित त्रिभुवन आदर्श नमूना माध्यमिक विद्यालयका सुशान्त मरासिनीले माध्यमिक शिक्षा परिक्षामा ४ जिपिए ल्याएका छन् । उनी ४ जिपिए ल्याउने जिल्लाकै एक्लो विद्यार्थी रहेका छन् ।
बिहीबार सार्वजनिक माध्यमिक शिक्षा परिक्षा(एसईई) २०८० को नतिजामा उनले ४ जिपिए ल्याएका हुन् । ४ जिपिए ल्याउने मरासिनी सानैदेखि उत्कृष्ट र लगनशील विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।
विद्यालयका अनुसार एसईई परिक्षामा १ सय ४२ जना सम्मीलित भएकोमा ३.६ देखि ४ जिपिएसम्म ल्याउने १९ जना रहेका छन् । सरकारी विद्यालयमा ४ जिपिए ल्याउनुमा विद्यालयको गौरव उच्च बनेको विद्यालयले जनाएको छ ।
स्याङ्जाबाट चार हजार ७२ जनाले एसईई दिएकोमा एक हजार ७ सय ७१ जना उत्तीर्ण र ननग्रेड प्राप्तमा दुई हजार ३ सय १ जना विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका अधिकृत एवं सूचना अधिकारी सुरेश सुवेदीले जानकारी दिए ।
उनका अनुसार साधारणतर्फ उत्तीर्ण भएका एक हजार ७ सय २२ जनामध्ये ३.६ देखि ४ जिपिए प्राप्त गर्ने १७२ जना, ३.२ देखि ३.६ जिपिए प्राप्त गर्ने ४४१ र ७१२ जनाले २.८ देखि ३.२ जिपिए प्राप्त गरि उत्तीर्ण भएका छन् । यसैगरी, २.४ देखि २.८ जिपिए प्राप्त गर्ने ३७७ जना र २० जनाले २.० देखि २.४ जिपिए ल्याएका छन् भने दुई हजार १ सय ९२ जनाले ननग्रेड प्राप्त गरेका छन् ।
त्यस्तै, प्राविधिकतर्फ दुई जनाले ३.६ देखि ४ जिपिए, १७ जनाले ३.२ देखि ३.६ जिपिए, २४ जनाले २.८ देखि ३.२ जिपिए र ६ जनाले २.४ देखि २.८ जिपिए प्राप्त गर्ने ४९ जना उत्तीर्ण भएका छन् भने १०९ जनाले एनजी अर्थात् ननग्रेड प्राप्त गरेका छन् ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ