पोखरा । कास्कीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा २९ सय ३ जना विद्यार्थीको ननग्रेडिङ आएको छ । कास्कीबाट १० हजार १ सय ७४ विद्यार्थी परीक्षामा सहभागी थिए ।
४.० जिपिए ल्याउने २१ जना रहेको शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले बताए । गत वर्ष कास्कीबाट मात्र ३ जनाले ४ जिपिए ल्याएकोमा यसपालि बढेर २१ जना पुगेको छ ।
मदरल्याण्डका १० जना विद्यार्थीले ४ जिपिए ल्याए । यस्तै, डिज्नील्याण्डका ३, गण्डकी बोर्डिङका २ जना छन् । सृजना मावि, शान्ति निकेतन, न्याश्नल इन्भेन्टिभ, बालोदय मावि, एसओएस, सैनिक आवासीय माविबाट १/१ जना विद्यार्थीको ४ जिपिए आएको सम्बन्धित विद्यालयले जनाएका छन् ।
आचार्यका अनुसार ३.६ देखि ४.० जिपिएसम्म १ हजार ५ सय ७५ जना, ३.२० देखि ३.६० भन्दा कम ल्याउने २ हजार ५ सय ७७ जना छन् ।
२.८० देखि ३.२ सम्म ल्याउने २ हजार २ सय २६ जना, २.४० देखि २.८० सम्म ल्याउने ६ सय ५५ जना र २.० देखि २.४० सम्म ल्याउने २३ जना छन् ।
परीक्षामा गत चैत १७ देखि २७ गतेसम्म चलेको थियो । ३५ परीक्षा केन्द्रबाट सामुदायिक र संस्थागत गरी २ सय ८७ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए ।
देशभरबाट ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी परीक्षामा सहभागी थिए जसमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भए । ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेड (एनजी) अर्थात् फेल भएको बोर्डले जनाएको छ । २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने छन् ।
विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशतअर्थात् २६ दशमलव २५ अंक अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भएसरह मानिने गरी ‘एनजी’ उल्लेख गरिएको हो । आन्तरिकतर्फ २५ पूर्णाकको परीक्षामा ४० प्रतिशतअर्थात् १० अंक ल्याउनुपर्छ । ‘एनजी’ आउने परीक्षार्थीले ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् ।
विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने छन् । दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष ‘एनजी’ लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् । २ सय २१ जनाको परीक्षा रद्द गरिएको छ ।
पूरक परीक्षा आगामी साउन १८ र १९ गते हुने छ ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’