पोखरा । कास्कीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा २९ सय ३ जना विद्यार्थीको ननग्रेडिङ आएको छ । कास्कीबाट १० हजार १ सय ७४ विद्यार्थी परीक्षामा सहभागी थिए ।
४.० जिपिए ल्याउने २१ जना रहेको शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले बताए । गत वर्ष कास्कीबाट मात्र ३ जनाले ४ जिपिए ल्याएकोमा यसपालि बढेर २१ जना पुगेको छ ।
मदरल्याण्डका १० जना विद्यार्थीले ४ जिपिए ल्याए । यस्तै, डिज्नील्याण्डका ३, गण्डकी बोर्डिङका २ जना छन् । सृजना मावि, शान्ति निकेतन, न्याश्नल इन्भेन्टिभ, बालोदय मावि, एसओएस, सैनिक आवासीय माविबाट १/१ जना विद्यार्थीको ४ जिपिए आएको सम्बन्धित विद्यालयले जनाएका छन् ।
आचार्यका अनुसार ३.६ देखि ४.० जिपिएसम्म १ हजार ५ सय ७५ जना, ३.२० देखि ३.६० भन्दा कम ल्याउने २ हजार ५ सय ७७ जना छन् ।
२.८० देखि ३.२ सम्म ल्याउने २ हजार २ सय २६ जना, २.४० देखि २.८० सम्म ल्याउने ६ सय ५५ जना र २.० देखि २.४० सम्म ल्याउने २३ जना छन् ।
परीक्षामा गत चैत १७ देखि २७ गतेसम्म चलेको थियो । ३५ परीक्षा केन्द्रबाट सामुदायिक र संस्थागत गरी २ सय ८७ विद्यालयका विद्यार्थीले परीक्षा दिएका थिए ।
देशभरबाट ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी परीक्षामा सहभागी थिए जसमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भए । ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेड (एनजी) अर्थात् फेल भएको बोर्डले जनाएको छ । २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने छन् ।
विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशतअर्थात् २६ दशमलव २५ अंक अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भएसरह मानिने गरी ‘एनजी’ उल्लेख गरिएको हो । आन्तरिकतर्फ २५ पूर्णाकको परीक्षामा ४० प्रतिशतअर्थात् १० अंक ल्याउनुपर्छ । ‘एनजी’ आउने परीक्षार्थीले ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन् ।
विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने छन् । दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अंक ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष ‘एनजी’ लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन् । २ सय २१ जनाको परीक्षा रद्द गरिएको छ ।
पूरक परीक्षा आगामी साउन १८ र १९ गते हुने छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ