सडक डिभिजन कार्यालय पोखरा मातहतमा पोखरा महानगर वडा नं. १७ र २१ जोड्ने फुस्रे खोला दम्सादी मोटरेबल पुल र पोखरा महानगर वडा नं. १३ र २८ जोड्ने बिजयपुर खोला पुल निर्माण कार्य भइरहेको छ ।
जिल्ला समन्वय समिति कास्कीले सडक डिभिजन कार्यालय मातहतका आयोजना शुक्रवार अनुगमन गरेको छ। जिसस प्रमुख लिलाधर पौडेल नेतृत्वको अनुगमन टोलीले आफ्नो कार्यतालिका अनुसार नियमित गरेको हो।
पोखरा महानगर वडा नं. १७र २१ जोड्ने फुस्रे खोला दम्सादी मोटरेबल पुलको कुल लागत २७ करोड ७७ लाख भएकोमा १८ करोड २९ लाखमा २०७५ असार २७ गते निर्माण सम्झौता भएको उक्त आयोजना २०८१ माघ २९ गते सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
सो आयोजनाको ७१ प्रतिशत भौतिक प्रगति देखिएको छ। ४ स्पानमा १२० मिटर लम्बाई र ११मिटर चौडाइ भएको उक्त सूर्य प्रेरणा एच एम कन्स्ट्रक्सन कम्पनीले निर्माण गरिरहेको प्रमुख पौडेलले जानकारी दिए ।
त्यसैगरी, सडक डिभिजन कार्यालय पोखरा मातहतमा निर्माणाधीन पोखरा महानगर वडा न१३ र २८जोडने बिजयपुर खोला मोटरेबल पूलको कुल लागत ७ करोड ८२ लाख रहेकोमा ७ करोड ३२ लाखमा २०८० असार २२ गते निर्माण सम्झौता भएको उक्त आयोजना २०८२ पुष २४ गते सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको ५० प्रतिसत भौतिक प्रगति देखिएको छ।
दुई स्पानमा ६० मिटर लम्बाई र ११ मिटर चौडाइ भएको उक्त पूल भिम ज्योति धन थान जे भि कम्पनीले निर्माण गरिरहेको सडक डिभिजन पोखराका इन्जिनियर राहुल पाण्डेले जानकारी दिए । अनुगमन टोलिमा जिसस कास्कीका उप प्रमुख सरिता माल, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल जिसस कास्कीका सदस्य, इन्जिनियर, प्राबिधिक सहित कर्मचारीहरूको उपस्थिति रहेको थियो।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह