वडा कार्यालय पोखरा -१५ तथा वडा स्तरीय कृषि संजाल -१५ को आयोजनामा दोस्रो संस्करणको असारे महोत्सव अर्थात् धान दिवस सम्पन्न भएको छ।
पोखरा महानगरपालिका – १५ फलेपाटन स्थित करिब ४ रोपनी क्षेत्रफलमा रोपाइँ महोत्सव मनाइएको हो। महोत्सवमा वडावासी आमा समूह, टोल विकास, कृषक लगायत स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो।

महोत्सवमा आमा समूहबिच रसी तान्ने र धान रोप्ने प्रतियोगिता सञ्चालन गरिएको थियो। विजयी समूहलाई वडाध्यक्ष तोरण बानियाँले नगद पुरस्कार प्रदान गरेका थिए।
यस्तै, कलाकार सिता केसी र नेत्र खड्काको साङ्गीतिक प्रस्तुतिमा सहभागीहरूले प्रशस्त मनोरञ्जन लिए।

महोत्सवकी प्रमुख अतिथि तथा पोखरा महानगरपालिकाकी उपमेयर मंजुदेवी गुरुङले रोपाइँ दिवसको शुभकामना व्यक्त गर्दै पोखरा -१५ ले यस किसिमको महोत्सवको आयोजना गरेर लोक संस्कार संस्कृति र कृषि कर्मको बारेमा पुस्ता हस्तान्तरण गरेको बताइन्। किसानहरूले सिँचाइ, मल, बिउ लगायतका अभावहरूका बिच कृषि पेसालाई निरन्तरता दिइरहेको बताउँदै समस्याहरूको समाधानका लागि महानगरको कृषि शाखा र वडाहरू सधैँ किसानको साथमा रहेको बताइन्। उनले यस वर्ष पनि कृषि एम्बुलेन्स र महानगरमा उत्पादन भएका बालीहरूको न्यूनतम समर्थन मूल्य तोक्ने जस्ता राम्रा कामलाई निरन्तरता दिँदै किसानका पक्षमा अन्य राम्रा कार्यक्रमहरू ल्याइने दाबी गरिन्।

यस्तै, वडाध्यक्ष तोरण बानियाँले कृषकहरूको हौसला बढाउन यस वर्ष पनि रोपाइँ महोत्सवको आयोजना गरिएको बताए। उनले महोत्सवलाई सफल बनाउन सहयोग गर्ने आमा समूह, टोल विकास सबैलाई धन्यवाद दिए।
रोपाई महोत्सव कार्यक्रममा वडाका जनप्रतिनिधि, कर्मचारी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो।




तस्वीरहरू : मेरो दृष्टि
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा