पोखरामा शनिबार छैटौं केन्पोकाई राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ६ प्रदेशका २ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रह्यो ।
महिला र पुरुष विधामा विभिन्न उमेर समूहबीच प्रतिष्पर्धा भएको थियो । पुरुष विधामा खुल्ला तौल समूहतर्फ अनमोल मल्ल प्रथम भए । मनिष पुलामी मगर दोस्रो, रोशन परियार र आर्यन पाण्डे तेस्रो भए ।
६० केजी तौल समूहमा सुसिम रानामगर च्याम्पियन बने । मिसन लिम्बु दोस्रो, अप्सन परियार र अरुण लिम्बु तेस्रो बने । ५५ केजी तौलमा सञ्जिव शाह ठकुरी प्रथम, आशिष लोकेन्द्री दोसैो र शक्ति तामाङ र प्रयुश राई तेस्रो भए ।
५० केजीतर्फ रिवाज थापा प्रथम, अंकित सुनार दोस्रो, जेम्स बिक र रोहन क्षेत्री तेस्रो भए । ४५ केजी तौल समूहमा विशाल बुढामगर प्रथम, झलक थापा मगर दोस्रो, रेशम बिक र नविन परियार तेस्रो बने ।

४० केजी तौलसमूहमा निश्चल बिक पहिलो, कृष थापा दोस्रो, रुद्र गौतम र आभास श्रेष्ठ तेस्रो बने । ३५ केजी तौल समूहमा हेसाङ सारु मगर प्रथम, आरुष सिंह ठकुरी दोस्रो, प्रयास गुरुङ र सन्देश पुन तेस्रो भए ।
३० केजीतर्फ सुशान्त थापा प्रथम, भैभव भण्डारी दोस्रो, समिर गुरुङ र रविन ठकुरी तेस्रो भए । २५ किलो तौल समूहमा सुमन बिक प्रथम, ओसन मगर दोस्रो, रिशव चौधरी र एकृत राई तेस्रो भए ।
यस्तै, महिला तर्फ खुल्ला तौल समूहमा नितिशा राना मगर च्याम्पियन बनिन् । रोजिना गुरुङ दोस्रो हुँदा पूर्णिमा लियो मगर र केजिया क्षेत्री तेस्रो बने । ५० केजी तौल तर्फ प्रशन्ना क्षेत्री प्रथम, निम्रित शाह दोस्रो, दिपिका बोहोरा र सुमी गुरुङ तेस्रो बने ।
४५ केजी तौल समूहमा सन्ध्या लामा प्रथम, कञ्चन लिम्बु दोस्रो, ममता थापा र कुमा पुन तेस्रो भए । ४० केजी तौल समूहमा विशिषता राई प्रथम, क्रिस्टिना कार्की दोस्रो, वर्षा गुरुङ र सिम्रन केसी तेस्रो भए । ३५ केजी तौल समूहमा पार्वती तामाङ प्रथम, मिरिस्मा पौडेल दोस्रो, सभ्यता बराल तेस्रो र सरगम गुरुङ तेस्रो बने ।

३० केजी तौल समूहमा मनिशा गिरी प्रथम, ओसन थापा दोस्रो, प्रितिशा खनाल र अक्षता ढुंगाना तेस्रो भए । २५ केजी तौलसमूहमा प्रितिशा गिरी प्रथम, नुमा लिम्बु दोस्रो, दीपशिखा सिग्देल र सिम्रन क्षेत्री तेस्रो भए ।
प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापा, आयोजक प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मा, व्यवस्थापक गण्डकी प्रदेश केन्पोकाई संघका अध्यक्ष प्रगात कायस्थ र साउथ एशियन केन्पोकाई ब्राञ्च चिफ नाराज बहादुर खड्का (हरि)ले विजयी खेलाडीहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।
मन्त्री थापाले अनुशासित नागरिक उत्पादनका लागि खेलकुद अपरिहार्य रहेको जनाउँदै अहिले खेलकुद व्यवसायिक समेत बन्दै गएको बताए ।

गण्डकी प्रदेश सरकारले खेलकुद विकासका लागि महत्व दिंदै आगामी वर्षका लागि समेत आवश्यक बजेट विनियोजन गरिसकेको जनाउँदै मन्त्री थापाले भने– ‘अहिले खेलकुदमा सम्भावना समेत बढ्दै गएको छ । नेपाली खेलाडीहरुले पनि विस्तारै खेलकुदको माध्यमबाट आफ्नो व्यवसायिकतालाई अघि बढाएका छन् ।’
केन्पोकाई खेलको समेत नेपालमा सम्भावनाको खेल रहेको उल्लेख गर्दै खेलकुदले भाइचारा सम्बन्ध स्थापितसंगै अनुशासन कायम गर्न समेत खेलकुदको भूमिका उत्तिकै प्रभावकारी रहेको उनको भनाई थियो । खेलाडीहरुको सहयोगका लागि प्रदेश सरकार साथ सहयोग दिन तयार रहेको बताए ।

गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले खेलकुदको बजेट सोचेनुरुप नआएको बताउँदै परिषद्ले बालबालिकालाई खेलकुदमा आकषर्ण बढाउन विभिन्न योजनाहरु अघि सारेको जनाए । खेलकुद बालबालिकाको मौलिक अधिकार समेत जनाउँदै उनले भने–“खेलकुदको विकासका लागि अब सबै राजनीतिक दलहरुलाई समेत बुझाउन आवश्यक छ ।”
सदस्य सचिव शर्माले राष्ट्रिय खेलाडीहरुले मासिक भत्ता प्राप्त गर्न सके त्यसले समाजमा सकरात्मक परिवर्तन आउन सक्ने जनाए ।
गण्डकी प्रदेश केन्पोकाई संघका अध्यक्ष प्रगात कायस्थको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेपाल केन्पोकाई संघ केन्द्रीय महासचिव नविन आचार्य, प्रतियोगिता संयोजक स्वयम्भू कुँवर लगायतले बोलेका थिए ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश केन्पोकाई संघको व्यवस्थापनमा कार्यक्रम भएको थियो ।

सम्बन्धित खबर
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
एभरेस्ट एफएमको पाचौं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई थप १ लाख प्रदान
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’