नेपाल टेलिकमले दूरसञ्चार कार्यालय नक्सालमा कपर प्रविधिबाट सञ्चालित ‘पिएसटिएन’ र ‘एडिएसएल’ सेवालाई आधुुनिक फाइबर प्रविधिको ‘एफटिटिएच’ (फाइबर टु द होम) नेटवर्कमा स्तरोन्नति गरी कपर नेटवर्क बन्द (सट डाउन) गरेको छ ।
यससँगै काठमाडौँ उपत्यकाका अधिकांश स्थानको सेवा ‘एफटिटिएच’मा स्तरोन्नति भएको कम्पनीले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ ।
दूरसञ्चार कार्यालय नक्सालमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले पुरानो कपर प्रविधिमार्फत सञ्चालित सेवा बन्द गर्दै टेलिकमले समय अनुसार नयाँ प्रविधि अवलम्बनलाई निरन्तरता दिएको बताए ।
उनले नेपाल टेलिकमप्रति सेवाग्राहीमा भएको सकारात्मक धारणालाई चिरस्थायी बनाउन कम्पनीले ग्राहकमैत्री सेवा प्रवाह गर्नुपर्ने र यसका लागि कम्पनीका कर्मचारीको भूमिका महत्वपूर्ण हुने जनाए ।
कार्यक्रममा बागमती प्रादेशिक निर्देशनालयकी निर्देशक रीना डंगोल र प्रमुख सञ्चालन अधिकृतको कार्यालयका प्रबन्धक शालिग्राम पराजुली लगायतका वक्ताले हाल टेलिकमले विभिन्न स्थानमा स्तरोन्नति जारी राखेको बताउँदै ग्राहकलाई गुणस्तरीय सेवा दिने कार्यलाई सबैले आत्मसात् गर्नुपर्ने धारणा राखे ।
दूरसञ्चार कार्यालय नक्सालका कार्यालय प्रमुख सन्तोष भण्डारीले नक्सालमा ५ हजार क्षमताको एक्सचेन्ज निर्माण भई हाल क्षमताको ४२ प्रतिशत लाइन सञ्चालनमा रहेको जानकारी दिए । ‘एफटिटिएच’ प्रविधिअन्तर्गत एनटी फाइबरमार्फत सेवाग्राहीले एउटै तारबाट एचडी गुणस्तरको आवाजसहितको टेलिफोन, तीव्र गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रयोग गर्न सक्नेछन् ।
नेपाल टेलिकमले देशभरका पुरानो कपर प्रविधिलाई विस्थापन जारी राखेको छ । यसबाट छिट्टै देशभरका सम्पूर्ण नेटवर्क स्तरोन्नति हुने नेपाल टेलिकमले जनाएको छ ।
सम्बन्धित खबर
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
बालेनको प्रचारका क्रममा अछाममा ढलेका पत्रकार दिनेश सिटौला रहेनन्
बालेन्द्रको घरमा चोरी भएको घटना के हो ?
सहिदका आकांक्षा पूरा गर्नु नै सच्चा श्रद्धाञ्जलीः प्रदेश प्रमुख भट्ट
सर्वोच्चले भन्यो- संसद् पुनः स्थापनको मागमा २० गते पेसी तोकिएको होइन, हल्ला फैलाइयो
निर्वाचनका लागि दल र उम्मेदवारलाई छुट्टै बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो