पोखरा । नेपालको श्रमसम्बन्धी कानुनले बाल श्रमलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ । तर पोखरा महानगर क्षेत्रमा १ हजार ३ सय ६९ बाल श्रमिक रहेका एक सर्वेक्षणले देखाएको छ ।
पोखरा उद्योग बाणिज्य संघ अन्तर्गतको सामाजिक विकास केन्द्रले गरेको बाल श्रमिकको अवस्थाको सर्वेक्षणमा १ हजार ८१, बालक र २ सय ८८ बालिका बाल श्रममा छन् । ती मध्ये १५ बालक र ६८ बालिका गरी ८३ बाल बालिका घरेलु कामदार रहेको बाल हितकारी परियोजना नेपाल (सीडब्लुएसएन)का अधिकृत पूजा रानाले जानकारी दिइन् ।
नीति निर्माण तहमा श्रमिक बालबालिकाको सहभागिता प्रवद्र्धन गर्न आसमान नेपाल, बाल हितकारी परियोजना नेपाल र चिल्डे«ेन नेपालले आयोजना गरेको सरोकारवालासँग श्रमिक बालबालिकासम्बन्धी पैरवी कार्यक्रममा अधिकृत रानाले सर्वेक्षणमा होटल तथा रेष्टुरेन्टमा ८९ बालक र ९८ बालिका गरी १ सय ८७ बाल श्रमिक कार्यरत रहेको बताइन् ।
नेपालमा घरेलु श्रम, साना होटल, वयस्क मनोरञ्जन क्षेत्र, यातायात, कृषि, इट्टा कारखाना, जरी भर्ने तथा गलैचा कारखानामा बाल श्रमिक छन् । उनका अनुसार पोखरा क्षेत्रका वर्कसपमा ५ सय ७२ बाल श्रमिक छन् । फर्निचरमा १ बालिका, १ सय २८ बालकसहित १ सय २९ बाल श्रमिक छन् ।
निर्माण क्षेत्रमा १ सय १८ बालक र ५२ बालिकासहित १ सय ७० बाल श्रमिक रहेको उनले जनाइन् ।अन्य क्षेत्रमा १ सय ५९ बालक र ६९ बालिकासहित २ सय २८ बाल श्रमिक छन् । पोखरा क्षेत्रमा ५ सय ७२ बाल श्रमिक भारतीय छन् । नेपालले २०८२ सम्ममा सबै प्रकारका बाल श्रम निवारण गर्ने लक्ष्य लिएको छ ।
‘संविधानको धारा ३९ ले बालबालिकाको हकमा कुनै पनि बालबालिकालाई कल कारखाना, खानी लगायत जोखिमपूर्ण काममा लगाउन नपाउने व्यवस्था गरेको छ,’ उनले भनिन्, ‘बालबालिकासम्बन्धी ऐनले १४ वर्ष मुनिका बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन, घरेलु कामदार र कमलरीको रुपमा राख्न नहुने व्यवस्था गरेको छ ।’ उनले नेपालको प्रचलित कानुन विपरित धेरै बाल बालिका बाल श्रममा रहेको बताइन् ।
बाल श्रम न्यूनीकरणका लागि सरोकारवालाको भूमिका विषमा केन्द्रीत छलफल कार्यक्रममा ट्रेड युनियन कांग्रेस गण्डकीका सभापति मुरारी शर्माले यातायात क्षेत्रमा नगद पैसा र होटलमा खाना पाउने भएकाले बाल श्रमिक फर्की फर्की आाउने जानकारी दिए । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटीका अध्यक्ष रुद्रबहादुर खत्रीले बाल श्रम निवारणका लागि टोल विकास, संस्था, युवा क्लब र आमा समूहलाई केन्द्रीत गरी कार्यक्रम गर्न सुझाव दिए ।
इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले भारतबाट आउने बाल श्रमिक नेपालको लागि चुनौती भएको बताए । गैसस महासंघ नेपाल कास्कीका अध्यक्ष डा बुद्धिबहादुर थापाले पारिवारिक विखण्डन, गरिबी र खुला सिमनाको कारण बाल श्रमिक बढेको जनाए ।
जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख सरला ढकालले बालबालिकालाई आमा बाबाको संरक्षण पहिलो सवाल भएको उल्लेख गरिन् । बाल हितकारी परियोजना नेपालका परियोजना अधिकृत केशव पौडेलले पोखराका बाल श्रमिकमध्ये ४० प्रतिशत भारतीय रहेको जानकारी दिए । उनले भारतीय बाल श्रमिकलाई उद्दार गर्न कठिनाई भएको बताए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका रोजगार संयोजक विष्णु दाहाल, चिल्ड्रेन नेपालका अधिकृत शिव शर्मा चापागाई, कार्यक्रम संयोजक रमेश सुवेदी लगायतले असंगठित क्षेत्रका बाल श्रमिकको उद्दार गर्ने दायित्व सरकारी निकायको भएको बताए ।
सम्बन्धित खबर
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरामा मधुमेह दिवस मनाइयो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’