पोखराका गेमिङ पारखीलाई लक्षित गरी गेमिङ प्रतियोगिता आयोजना हुने भएको छ । आरओजी सटडाउन सेरिज नामक विशेष प्रतियोगिता पोखराको जेनेक्स प्लाजामा बिहीबार हुन लागेको हो ।
नागमणि प्रालि र आसुसको सहयोगमा हुन लागेको प्रतियोगितामा लोकप्रिय फुटबल भिडियो गेम इएएफसी २६ मा खेलाडीहरूले प्रतिस्पर्धा गर्ने छन् । सहभागीबीच रोमाञ्चक तथा प्रतिस्पर्धात्मक खेल हुने अपेक्षा गरिएको जेनेक्स अटोमेसनका सञ्चालक नवीन पौडेलले बताए ।
प्रतियोगितामा पहिलो बन्ने खेलाडीले २० हजार र दोस्रो हाँसिल गर्नेले १० हजार पाउने छन् । गेमिङ क्षेत्रमा आफ्नो क्षमता देखाउन चाहने खेलाडीहरूलाई प्रतियोगितामा सहभागी हुन आयोजकले आग्रह गरेको छ । खेलाडीहरूले अनलाइनमार्फत नाम दर्ता गरेर प्रतियोगितामा भाग लिन लागेका हुन् ।
जेनेक्स अटोमेसनका सञ्चालक पौडेलले नेपालमा बढ्दो ई–स्पोट्र्स संस्कृति र युवामाझ लोकप्रिय बन्दै गएको गेमिङ गतिविधिलाई प्रोत्साहन गर्ने प्रतियोगिता आयोजना गरिएको जनाए । उनले भने, ‘पोखरा र आसपासका युवालाई आधुनिक प्रविधि र गेमिङ प्लेटफर्मसँग जोड्ने लक्ष्यले हामीले यस कार्यक्रममा सहकार्य गरेका हौं ।’ जेनेक्सकी बिक्री प्रबन्धक इच्छा बस्नेतले नेपालमा काठमाडौंबाहिर पहिलोपटक पोखरामा यस खालको प्रतियोजना हुन लागेको जनाउँदै खेलाडीहरुको उत्साहवर्धक सहभागिता हुने अपेक्षा गरिन् ।
जेनेक्स अटोमेसन पोखरा केन्द्रित सूचना प्रविधि, अटोमेसन र आधुनिक इलेक्ट्रोनिक्स उपकरणहरू बिक्री तथा सेवा प्रदान गर्ने कम्पनी हो । कम्पनीले कम्प्युटर हार्डवेयर, गेमिङ उपकरण, स्मार्ट अटोमेसन प्रणाली, नेटवर्किङ समाधान लगायतका प्रविधिसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।
पोखरासहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा आईटी तथा इलेक्ट्रोनिक्स उत्पादनहरूको आपूर्ति र प्राविधिक सेवासमेत यसले दिन्छ । जेनेक्सले प्रविधि क्षेत्रको विकाससँगै युवालाई डिजिटल सीप, गेमिङ र नयाँ प्रविधिसँग जोड्ने विभिन्न कार्यक्रम तथा गतिविधि पनि सञ्चालन गर्दै आएको छ । यस प्रतियोगिताले पोखरामा गेमिङ समुदायलाई अझ सक्रिय बनाउने अपेक्षा गरिएको छ ।
सम्बन्धित खबर
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
पिसिएमका विद्यार्थी आचार्यले पाए १२ लाखको उद्यमशीलता अनुदान
पोखरामा शृंखलाबद्ध चोरी: भारतीय प्रत्यक्ष चोरीमा संलग्न, चिनियाँले ‘रेकी’ गर्ने र नेपालीले घर देखाउने
परिवार नियोजन संघ कास्की सभापतिमा पुनः सिग्देल
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
ब्रड पिकको ५,७०० मिटर उचाइमा निम्सदाइको शव भेटियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ