स्याङ्जाको पुतलीबजार नगरपालिका -१३ सतौं हटिया स्थित मातृभूमि माध्यमिक विद्यालयमा नेपाली सेनाद्वारा जुनियर डिभिजन एनसीसी तालिम प्रदान गरिने भएको छ ।
स्याङ्जा पुतलीबजार नगरपालिका स्थित आँधीखोला ब्यारेक सिंह शार्दूल गुल्मले एनसीसी तालिमको लागि छनोट भएका अठार जना छात्र र अठार जना छात्रा गरि ३६ जना क्याडेटहरुलाई सहभागी गराई शुक्रबारदेखि शुरु गरिएको तालिम कार्तिक ३० गतेसम्म संचालन हुने गुल्मका गुल्मपति सेनानी पुरुषोत्तम कार्कीले जानकारी दिए ।
सेनानी कार्कीले `अनुशासन नै राष्ट्र सेवाको मुल जग हो´ भन्ने आदर्श वाक्य रहेको राष्ट्रिय सेवा दलबाट संचालित तालिमको मुख्य लक्ष्य युवाहरूलाई अनुशासित बनाउने, युवाहरूमा इमान्दारिता तथा बफादारिता भावनाको विकास गराउने, युवाहरुमा राष्ट्रियता भावनाको विकास गर्ने, युवाहरुमा नेतृत्व क्षमताको विकास गर्ने र विपदको समयमा उद्धार तथा राहत कार्यमा स्वयंसेवकको भूमिका निर्वाह गर्न सक्ने असल तथा अनुशासित नागरिक बनाउने रहेको बताए ।
उनले वि.सं. २०२२ सालदेखि हाल्सम्म सिनियर डिभिजनतर्फ १२ हजार पाँच सय १५ जना र जुनियर डिभिजनतर्फ ६१ हजार नौ सय ६५ जना गरि जम्मा ७४ हजार चार सय ८० जना क्याडेट छात्रछात्राहरुले सफलतापुर्वक राष्ट्रिय सेवा दलको तालिम प्राप्त गरिसकेको जानकारी दिए ।
त्यस्तै, यस तालिममा उत्कृष्ट नतिजा ल्याउने क्याडेट छात्रछात्राहरु र विद्यालयहरुले राष्ट्रिय स्तरमै पहिचान प्राप्त गरि विभिन्न शिल्ड, मेडल तथा पुरस्कारहरु प्राप्त गर्नुका साथै मित्र राष्ट्रहरु भारत, श्रीलंका, बाङ्लादेश, भुटान, माल्दिभ्स र पाकिस्तानमा संचालन हुने युवा आदानप्रदान कार्यक्रममा राष्ट्रको प्रतिनिधित्व गर्दै सहभागी हुने अवसर पाउने गुल्मपति सेनानी कार्कीले जानकारी दिए ।
उनले राष्ट्रको प्रतिनिधित्व गर्दै मित्र राष्ट्रमा भ्रमण गर्न पाउनु आफैंमा एक उपलब्धी रहेको बताउँदै यस प्रकारका युवा आदानप्रदान कार्यक्रमले आफ्ना मित्र राष्ट्रहरुको बारेमा जानकारी लिन तथा व्यक्तित्व विकासमा समेत ठूलो योगदान पुर्याउने बताए ।
सम्बन्धित खबर
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
तीन वर्षमा स्याङ्जाका दुई हजार ९१० जनाले लिए सुरक्षित गर्भपतन सेवा
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा