एसइईको मौका परीक्षा साउन २३ गतेदेखि हुने

एसइईको मौका परीक्षा साउन २३ गतेदेखि हुने

पोखरा । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पुरक परीक्षा आगामी साउन २३ गतेदेखि सञ्चालन गरिने भएको छ ।

आइतबार बसेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको बैठकले साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।

यस पटकको मौका परीक्षामा एसइई परीक्षा अनुत्तीर्ण सबै विद्यार्थीहरुले सहभागी हुन पाउने छन् । गत बिहीबार सार्वजनिक भएको एसइईको नतिजामा २ लाख ४२ हजार ३१३ जना अनुत्तीर्ण भएका थिए । अब उनीहरु सबैले मौका परीक्षा दिन पाउने भएका छन् ।

यसअघि दुई विषयमा नन ग्रेडेड (अनुत्तीर्ण) विद्यार्थीका लागि बोर्डले १८, १९ साउनमा परीक्षा गर्ने सूचना जारी गरेको थियो ।

तर मन्त्रालयले शुक्रबार दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई परीक्षामा सहभागी गराउने निर्णय गरेपछि परीक्षा मिति पछि सरेको हो ।

अहिले पास भएका र पुरक परीक्षा दिने विद्यार्थीको पढाइमा ‘ग्याप’ कम गर्नका लागि असोजको पहिलो हप्ताभित्र नतिजा सार्वजनिक गर्ने मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लेखनाथमा गुरुकुल सञ्चालन गरिने
४४ सहाराविहीन बालबालिकाकी ‘आमा’ कमला
अवैध बालुवा ओसार्ने ट्याक्टरलाई १० हजार जरिवाना
अरौंदी खोलाले बगाएका युवा मृत फेला

ट्रेन्डिङ