पोखरा । कालिका बहुमुखी क्याम्पस, काजीपोखरी पोखरा १४ ले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणपत्र (क्युएए) प्राप्त गरेको छ । विश्वविद्यालय अनुदान आयोगले शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसमा असार १२ गते क्याम्पसलाई ‘क्युएए’ प्रदान गरेको हो ।
लामो समयदेखिको मेहनत र प्रयास पछि, सबै चरण पार गरी क्याम्पसलाई क्युएए प्राप्त भएको क्याम्पस प्रमुख विरन्जी गौतमले बताए । क्युएए शैक्षिक गुणस्तरका निम्ति अन्तर्राष्ट्रिय मापन भएकाले सो प्रमाणपत्र पाएका क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा सहज हुने उनको भनाइ छ ।
‘शिक्षण पद्धतिमा सुधार ल्याउन सके, नतिजा समयमै प्रकाशित गर्न सकेमा तथा ४ वर्षे भनेर तोकिएको कोर्स ४ वर्षभित्रै पूरा गर्न सके शिक्षा क्षेत्रमा विकास हुन्छ,’ गौतमले भने, उद्योग, सरकारी र शैक्षिक संस्थाबिच समन्वयन भएमा बेरोजगारी समस्या कम हुने थियो । उद्योगले कस्तो जनशक्ति खोजेको छ शैक्षिक संस्थाले त्यस्तै जनशक्ति उत्पादन गर्नसक्नुपर्छ ।’

क्याम्पसमा बिएएलएलबि, बिसिएम र बिएएचएम कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए । लामो समयको निरन्तर मेहेनेत र स्थानीयदेखि सबैको साथ र सहयोगका कारण क्याम्पस क्युएए प्रमाणपत्र प्राप्त गर्न सफल भएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष किरण केसीले बताए । आगामी दिनमा थप विषयका कक्षाहरु सञ्चालनसँगै भौतिक र शैक्षिक गुणस्तरको योजना रहेको उनको भनाइ छ ।
‘यो ऐतिहासिक सफलता हो तर पूर्ण सफलता भने होइन । थप सफलताका लागि मेहनत र प्रयास निरन्तर गर्नुपर्छ । क्याम्पसको सफलताका लागि निरन्तर लागिरहने छु,’ उनले भने । क्युएए प्रमाणपत्र प्राप्त गर्ने क्याम्पसलाई विभिन्न सरकारी निकायबाट प्रत्येक वर्ष अनुदान लगायत अन्य सुविधा प्राप्त हुने गर्छ । २०४८ सालमा स्थापना भएको कालिका बहुमुखी क्याम्पसमा हाल ६८ कर्मचारी र १६५० विद्यार्थी छन् । कलेजमा एमए, एमबिएस, बिए, बिबिएस र बिएड तहको पढाइ हुँदै आएको छ ।
सम्बन्धित खबर
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह