लगातारको अविरल वर्षाका कारण स्याङ्जाका धेरैजसो क्षेत्रमा पहिरो गएको छ । पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध गरेको छ भने घर बगाउँदा क्षति समेत भएको छ ।
वर्षाका कारण आएको पहिरोले स्याङ्जाको भिरकोट नगरपालिका -४ छाङ्छाङ्दीस्थित सिद्धार्थ राजमार्गमा पहिरो जाँदा सडक पुर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

भारी वर्षाका कारण वालिङ् नगरपालिका -८ ओम शान्ति, वालिङ् नगरपालिका -१० मोदिखोलामा साथै गल्याङ नगरपालिका -८ चिउरी र वडा नं. ११ स्थित मुड्किल्ला समेतमा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको डिएसपी रानाले बताए । उनले लगातार भारी मात्रामा वर्षा भइरहेकोले सडक सुचारू गर्न कठिनाई भएतापनी प्रहरी टोलि खटेर राजमार्ग खुलाउन प्रयास भइरहेको बताए ।
सिद्धार्थ राजमार्गसङ्गै भित्री सडकखण्डमा समेत पहिरोका कारण यातायात अवरुद्ध भएका छन् भने अवरुद्ध सडकका कारण यात्रुहरु बीच बाटोमा अलपत्र परेका छन् ।
त्यस्तै, स्याङ्जाको बिरुवा गाउँपालिका -६ स्याङ्दी स्थितमा पहिरोले एक घर पुर्दा ठूलो मात्रामा क्षति पुगेको छ र अर्को एक घर जोखिममा रहेको छ भने हालसम्म कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
दरौंखोला र गड्यौलीखोलामा ७५ हजार माछाका भुरा छाडियो
वालिङमा पहिलो सडक खाना महोत्सव : स्थानीय स्वाद र संस्कृतिको भव्य तयारी
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’