लगातारको अविरल वर्षाका कारण स्याङ्जाका धेरैजसो क्षेत्रमा पहिरो गएको छ । पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध गरेको छ भने घर बगाउँदा क्षति समेत भएको छ ।
वर्षाका कारण आएको पहिरोले स्याङ्जाको भिरकोट नगरपालिका -४ छाङ्छाङ्दीस्थित सिद्धार्थ राजमार्गमा पहिरो जाँदा सडक पुर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

भारी वर्षाका कारण वालिङ् नगरपालिका -८ ओम शान्ति, वालिङ् नगरपालिका -१० मोदिखोलामा साथै गल्याङ नगरपालिका -८ चिउरी र वडा नं. ११ स्थित मुड्किल्ला समेतमा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको डिएसपी रानाले बताए । उनले लगातार भारी मात्रामा वर्षा भइरहेकोले सडक सुचारू गर्न कठिनाई भएतापनी प्रहरी टोलि खटेर राजमार्ग खुलाउन प्रयास भइरहेको बताए ।
सिद्धार्थ राजमार्गसङ्गै भित्री सडकखण्डमा समेत पहिरोका कारण यातायात अवरुद्ध भएका छन् भने अवरुद्ध सडकका कारण यात्रुहरु बीच बाटोमा अलपत्र परेका छन् ।
त्यस्तै, स्याङ्जाको बिरुवा गाउँपालिका -६ स्याङ्दी स्थितमा पहिरोले एक घर पुर्दा ठूलो मात्रामा क्षति पुगेको छ र अर्को एक घर जोखिममा रहेको छ भने हालसम्म कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा