तनहुँ । निरन्तरको वर्षाले पहिरो खस्दा तनहुँमा तीन जना वेपत्ता भएका छन् । शुक्लागण्डकी नगरपालिका-७ काउरेमा पहिरोले घर पुरिदाँ ३ जना बेपत्ता भएका हुन् ।
काउरेका ४० वर्षीय हिरा नेपाली, ३६ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएका हुन् ।
शनिबार दिउँसो हिरा नेपालीको घरमाथिबाट खसेको पहिरोमा परेर नेपालीसहित दुई जना जना छिमेकीलाई समेत पहिरोले पुरेको हो ।
पहिरो खसेको देखेपछि गाउँलेहरू सहयोगका लागि नेपालीको घर पुगेका थिए । उनीहरू मध्ये घाईते भएका ५ जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।
बाढीले तनहुँको भीमाद नगरपालिक-६ मालेबगरका ६ घर डुबानमा परेको छ । यस्तै, म्याग्दे गाउँपालिका-४ र ७ को घुम्तीबजार पनि डुबानमा परेको छ । व्यास नगरपालिका-५ मानुङमा पहिरोले ३ वटा घरमा क्षति पुगेको छ । शुक्लागण्डकीको साँखेमा १ घरमा क्षति पुगेको छ ।
पृथ्वीराजमार्ग अन्तर्गत दमौली पोखरा सडकखण्डको शुक्लागण्डकी ७ सेरास्थित फेदीखोलामा बाढीले अस्थायी कल्भर्ट बगाउँदा सडक अवरुद्ध बनेको छ । यहि खण्ड स्थित मनहरिमा सडकमा लेदो बगेका कारण सडक अवरुद्ध छ ।
सडक सञ्चालनका लागि कजवे निर्माणको काम भैरहेको र अझै केही घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । सडकमा बगेको लेदोका कारण अवरुद्ध आँबुखैरेनी खण्ड भने अहिले सुचारू छ ।
शुक्रबार साँझ देखि परेको अविरल बर्षाले स्थानीय खहरे खोलासंगै सेती, मादी र मस्र्याङदीमा पानीको वहाव निकै बढेको छ । पहिरोले अधिकांश ग्रामिण सडक क्षतिविक्षत भएका छन् ।
दुलेगौंडादेखि ढोरफिर्दी, राईपुर जाने सडक पहिरोका कारण प्रभावित बनेको छ । भिमादबाट रिसिङ, घिरिङ जाने सडकको ठाउँ ठाउँमा अवरोध छ ।
सम्बन्धित खबर
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
गगनगौंडाबाट बस चढेका गुञ्जबहादुर दुलेगौंडा नपुग्दै सिटमै ढले
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’