गण्डकीमा शनिबार मात्रै बाढीपहिरोमा परेर ७ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।
यसवर्ष मनसुन सुरु भएसँगै गण्डकी प्रदेशमा अहिलेसम्म १८ जनाले पहिरोमा परेर ज्यान गुमाएका छन् । लमजुङमा पहिरोमा परेर ५ जनाले ज्यान गुमाए भने कास्की सहित स्याङ्जा र बाग्लुङमा २/२ जना गरी ६ जनाको मृत्यु भएको छ ।
स्याङजामा पहिरोमा परेर दुई स्थानमा गरी ४ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो विरुवा गाउँपालिका–६ लामाखेतमा घरमाथिबाट खसेको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको हो ।
७१ वर्षीय माधव शर्मा उनकी श्रीमति ६५ वर्षीय गुहेश्वरी शर्मा मरासिनी, छिमेकी ६७ वर्षीय हरिमाया शर्माको मृत्यु भएको वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीले जानकारी दिए ।
स्याङदीका यी तिनै जना पहिरोले घर पुरेपछि भागेर झन्डै एक किलोमिटर पर इश्वरी लम्सालको घरमा गएर आश्रय लिएका थिए । तर, आश्रय लिएको घरमा पनि माथिबाट पहिरो खस्दा मृत्युवरण गर्नुपरेको छ । खाना खाने बेलामा एक्कासी पहिरो खस्दा पुरिएर मृत्यु भएको वडाध्यक्ष क्षेत्रीको भनाइ छ ।
इश्वरी लम्सालको परिवारका ८ जना सदस्य पनि त्यही घरमा थिए । ५ जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको वडाध्यक्ष क्षेत्रीको भनाइ छ ।
यसैगरी, स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक जिमिरेमा घरमाथिबाट खसेको पहिरोले एक जना वृद्धाको मृत्यु भएको छ ।
सडकमाथिबाट खसेको पहिरोमा पुरिएर ७५ वर्षीय खिनाकुमारी मल्लको मृत्यु भएको हो । उनकी बुहारीले भने भागेर ज्यान जोगाउन सफल भएकी छिन् ।
यस्तै, पर्वतमा पनि पहिरोले दुई जनाको ज्यान लिएको छ । गोठमा बाँधेको भैंसी बाख्रा जोगाउन खोज्दा फलेवास नगरपालिका–१ कार्कीनेटाका ४० वर्षीय झलकप्रसाद शर्मा र स्याङ्जाको आँधीखोला गाउँपालिका–३ का ३३ वर्षीय तुलसीप्रसाद शर्माको मृत्यु भएको हो । तुलसीप्रसाद झलकको आफन्त हुन् ।
पहिरोमा पुरिएर वेपत्ता दुवै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी खुमलाल भुषालले जानकारी दिए ।पहिरोमा पुरिएर २ वटा माउ भैँसी, एउटा पाडो र ४ वटा बाख्रासमेत वेपत्ता भएको छ ।
तनहुँमा पनि पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरोले घर पुरिएर तीन जना बेपत्ता भएका थिए ।
बेपत्ता मध्ये हिरा नेपालीको शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौैताराका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी बताए । अनिषा बास्तोला र श्याम भण्डारी वेपत्ता रहेका छन् ।
दिउँसो हिरा नेपालीको घरमा पहिरो खसेपछि उद्धार गर्न आएका छिमेकीसमेत वेपत्ता भएका हुन् । ५ जना सामान्य घाइते भएका थिए । भिरालो जमिन भएकाले पहिरो झरेको प्रहरी निरीक्षक सुवेदी बताउँछन् । पहिरो खसेर सुना नेपालीको घरमा समेत पूर्ण क्षति पुगेको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु