गण्डकीमा शनिबार मात्रै बाढीपहिरोमा परेर ७ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।
यसवर्ष मनसुन सुरु भएसँगै गण्डकी प्रदेशमा अहिलेसम्म १८ जनाले पहिरोमा परेर ज्यान गुमाएका छन् । लमजुङमा पहिरोमा परेर ५ जनाले ज्यान गुमाए भने कास्की सहित स्याङ्जा र बाग्लुङमा २/२ जना गरी ६ जनाको मृत्यु भएको छ ।
स्याङजामा पहिरोमा परेर दुई स्थानमा गरी ४ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो विरुवा गाउँपालिका–६ लामाखेतमा घरमाथिबाट खसेको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको हो ।
७१ वर्षीय माधव शर्मा उनकी श्रीमति ६५ वर्षीय गुहेश्वरी शर्मा मरासिनी, छिमेकी ६७ वर्षीय हरिमाया शर्माको मृत्यु भएको वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीले जानकारी दिए ।
स्याङदीका यी तिनै जना पहिरोले घर पुरेपछि भागेर झन्डै एक किलोमिटर पर इश्वरी लम्सालको घरमा गएर आश्रय लिएका थिए । तर, आश्रय लिएको घरमा पनि माथिबाट पहिरो खस्दा मृत्युवरण गर्नुपरेको छ । खाना खाने बेलामा एक्कासी पहिरो खस्दा पुरिएर मृत्यु भएको वडाध्यक्ष क्षेत्रीको भनाइ छ ।
इश्वरी लम्सालको परिवारका ८ जना सदस्य पनि त्यही घरमा थिए । ५ जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको वडाध्यक्ष क्षेत्रीको भनाइ छ ।
यसैगरी, स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक जिमिरेमा घरमाथिबाट खसेको पहिरोले एक जना वृद्धाको मृत्यु भएको छ ।
सडकमाथिबाट खसेको पहिरोमा पुरिएर ७५ वर्षीय खिनाकुमारी मल्लको मृत्यु भएको हो । उनकी बुहारीले भने भागेर ज्यान जोगाउन सफल भएकी छिन् ।
यस्तै, पर्वतमा पनि पहिरोले दुई जनाको ज्यान लिएको छ । गोठमा बाँधेको भैंसी बाख्रा जोगाउन खोज्दा फलेवास नगरपालिका–१ कार्कीनेटाका ४० वर्षीय झलकप्रसाद शर्मा र स्याङ्जाको आँधीखोला गाउँपालिका–३ का ३३ वर्षीय तुलसीप्रसाद शर्माको मृत्यु भएको हो । तुलसीप्रसाद झलकको आफन्त हुन् ।
पहिरोमा पुरिएर वेपत्ता दुवै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी खुमलाल भुषालले जानकारी दिए ।पहिरोमा पुरिएर २ वटा माउ भैँसी, एउटा पाडो र ४ वटा बाख्रासमेत वेपत्ता भएको छ ।
तनहुँमा पनि पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरोले घर पुरिएर तीन जना बेपत्ता भएका थिए ।
बेपत्ता मध्ये हिरा नेपालीको शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौैताराका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी बताए । अनिषा बास्तोला र श्याम भण्डारी वेपत्ता रहेका छन् ।
दिउँसो हिरा नेपालीको घरमा पहिरो खसेपछि उद्धार गर्न आएका छिमेकीसमेत वेपत्ता भएका हुन् । ५ जना सामान्य घाइते भएका थिए । भिरालो जमिन भएकाले पहिरो झरेको प्रहरी निरीक्षक सुवेदी बताउँछन् । पहिरो खसेर सुना नेपालीको घरमा समेत पूर्ण क्षति पुगेको छ ।
सम्बन्धित खबर
बुढीगण्डकी बाढीमा ५ जना बेपत्ता, ९ विदेशीसहित ८२ जनाको उद्धार
चाडपर्व लक्षित सुरक्षित यात्रा अभियान : स्याङ्जामा ट्राफिक प्रहरीको ‘स्मरण कार्यक्रम’ सुरु
चाडपर्वमा सुरक्षा कडा पार्दै स्याङ्जा प्रहरी, ४२५ प्रहरी परिचालन हुने
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
स्याङ्जा प्रशासनमा इजलास कक्षबाट मुद्दाको सुनुवाइ सुरु
यो पनि पढौँ
बिपुल क्षेत्रीको लाइभ कन्सर्ट कार्तिक १३ गते पोखरामा हुँदै
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने