पोखरामा शनिबार आयोजित गण्डकी प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिताको उपाधि सुजन थापाले जितेका छन् ।
रत्नश्री जिम तेर्सापट्टीका थापाले ६० केजी तौल समूहमा प्रथम हुँदै ओभरअल प्रतिस्पर्धामा गरेका थापाले मिष्टर गण्डकीको ताज पहिरिए । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा भएको प्रतिस्पर्धामा पुरुष फिजिकमा रोशन उपरकोटी र महिला तर्फको वेलनेसको पुरस्कार विपना कुमालले जितेकी छन् ।
प्रतिस्पर्धामा ५५ केजी तौल समूहमा प्रज्वलराज जिसी, मौलादिन मियाँ र रोहित श्रेष्ठ प्रथम, दोस्रो र तेस्रो स्थानमा रहे । त्यस्तै ६० केजी तौल समूहको प्रतिस्पर्धामा सुजन थापा, कृष्ण गुरुङ र सुजन पुन क्रमश प्रथम, द्धितीय र तृतीय भए । ६५ केजी तौल समूहमा कुशल गुरुङ प्रथम हुदाँ विक्की गुरुङ दोस्रो र रिक्की गुरुङ तेस्रो स्थानमा रहे । ७०केजी तौल समूहमा भने कृष्ण भण्डारी प्रथम हुदंै ओभरअल प्रतिस्पर्धामा छनोट भएका थिए । मित्रबहादुर गुरुङ र सक्सेस गुरुङ क्रमश दोस्रो र तेस्रो भए ।
७० केजी तौल माथिको प्रतिस्पर्धामा शंकर सुवेदीले जितेका थिए । दोस्रो स्थानमा सुनिल कुशवाकर र अशोक शेरचन भने क्रमश दोस्रो र तेस्रो बन्न सफल भए । पुरुष फिजिक तर्फ रोशन उपरकोटी प्रथम भएका थिए । सिजन गुरुङ दोस्रो भए । अनिल गुरुङ भने तेस्रो स्थानमा चित्त बुझाए । महिला वेल्नेसको उपाधि विपना कुमालले जित्दा अनिता मगर दोस्रो र उमा पुन तेस्रो बनिन् ।
ओभरअल विजेता थापाले नगद २५ हजार रुपैयाँ प्राप्त गरे । प्रत्येक तौल समूहका प्रथम, दोस्रो र तेस्रोले नगद ५,३ २ हजार रुपैयाँ प्राप्त गरे । पुरुष फिजिक विजेताले नगद १५ हजार पाउँदा उपविजेताल े१० र तेस्रो स्थान प्राप्त खेलाडीको हकमा भने नगद ७ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । महिला वेल्नेस विजेताले नगद १५ हजार पाउँदा दोस्रो र तेस्रोले क्रमश १० र ७ हजार रुपैयाँ प्राप्त गरे ।
विजेतालाई गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङ तथा प्रदेश खेलकुद परिषद गण्डकीका सल्लाहकार सुनिलकुमार गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुनबहादुर लामा लगायतले पुरस्कार प्रदान गरेका थिए । ४० जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको व्यवस्थापन पूर्व कास्की जिल्ला बडिविल्डिङ संघ (एनएफबीएफ) ले गरेको थियो ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ
एमाले अध्यक्ष ओली अस्पताल भर्ना