पोखरा विमानस्थल निर्माणमा त्रुटि तथा अनियमितताबारे अनुसन्धान गर्न संसदीय उपसमिति आइपुग्यो

अध्ययन, अनुसन्धान

पोखरा विमानस्थल निर्माणमा त्रुटि तथा अनियमितताबारे अनुसन्धान गर्न संसदीय उपसमिति आइपुग्यो

१३ सदस्यीय टोली पोखरामा

PIA toli (1)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा त्रुटि तथा अनियमिततासमेत भएको हुन सक्ने सम्भावना तथा यस सम्बन्धमा उजुरी नै परेपछि राजेन्द्र लिङ्देनको नेतृत्वमा गठित विमानस्थल अध्ययन उपसमितिका सदस्यहरू आइतबार साँझ पोखरा आइपुगेका छन् ।

सार्वजनिक लेखा समितिमा परेको उजुरीको आधारमा अध्ययन गर्न लिङ्देनको अध्यक्षतामा असार १३ मा उपसमिति गठन भएको थियो ।अध्ययनका लागि ११ जना सांसद र २ जना कर्मचारी गरी १३ सदस्यीय टोली पोखरा आइपुगेको छ ।

पोखरा आएको संसदीय उपसमिति सदस्यहरूमा लिङ्देनसँगै माओवादी केन्द्रका नेता जनार्दन शर्मा, एमाले नेता गोकुल बास्कोटा,  एकीकृत समाजवादीका प्रेम आले, नेपाली कांग्रेसका देवप्रसाद तिमिल्सिना, अर्जुननरसिंह केसी, दीपक गिरी, रुक्मिणी राना बराइली, तारा लामा तामाङ, रामकृष्ण यादव र अमनलाल मोदी छन् ।

लिङ्देनका अनुसार गण्डकी प्रदेशको सार्वजनिक लेखा समिति र पोखराका सरोकारवालासहितको टोलीले सोमबार बिहानैदेखि विमानस्थलको स्थलगत अध्ययन र अवलोकन गर्नेछ ।

उद्घाटन भएको डेढ वर्ष बितिसक्दा अन्तर्राष्ट्रिय उडान हुन नसक्नुको कारण र प्राविधिक हिसाबमा कहाँ  त्रुटि छ भन्नेबारे अनुसन्धान गर्ने जनाइएको छ ।

उपसमिति संसदीय उपसमिति टोलीसमक्ष आयोजनाका तर्फबाट सबैभन्दा पहिले निर्माण समयदेखि सञ्चालनसम्मको प्रस्तुतिकरण, त्यसपछि स्थलगत अध्ययन र अन्तिममा अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको बुझिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ