बेगनासतालमा पोखराकी ३२ वर्षीया महिलाको शव फेला

बेगनासतालमा पोखराकी ३२ वर्षीया महिलाको शव फेला

मंगलबार पनि एक पुरुषको शव भेटिएको थियो

Begnas lake

तस्वीरः खिम लामिछाने ‘काजी’

पोखरास्थित बेगनासतालमा आज बिहान एक महिलाको शव भेटिएको छ ।

पोखरा वडा नं. ३१, भाटाको मूल बस्ने ३२ वर्षीया वर्षा तिमिल्सिनाको रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए ।

उनका अनुसार तिमिल्सिना आज सबेरै ४ बजे बेगनासतालमा हामफालेकी थिइन् । उनी हामफाल्नुको कारण खुल्न नसकेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तिमिल्सिनाको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

बेगनासतालमा मंगलबार पनि एक जना पुरुषको शव भेटिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ