पोखरा । अविरल वर्षाका कारण बाढी र पहिरोले देशभर भएको जनधनको क्षति प्रति नेकपा (एमाले) कास्कीले दुःख व्यक्त गरेको छ ।
नेकपा (एमाले) कास्कीका सचिव दर्शन लामाले एक विज्ञप्ती जारी गर्दै अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण भएको जनधनको क्षति प्रति दुःख व्यक्त गरेको हो ।
सचिव लामाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, ‘हाल कास्की जिल्ला र देशभर विभिन्न स्थानमा अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानले भएको जनधनको क्षतिप्रति नेकपा एमाले जिल्ला कमिटी दुःख प्रकट गर्दछ, उक्त वर्षातका कारण विपद्जन्य घटनामा परेर कास्कीमा असार महिनामा मात्र ३ जनाले ज्यान गुमाएका छन् । मृतक सबैमा नेकपा एमाले जिल्ला कमिटी कास्की भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दै घाइतेहरुमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दर्छौ ।’

पीडितहरुको उद्धार तथा व्यवस्थापन, घाइतेहरुको उपचार, राहत वितरणमा सहयोग पुर्याउन राज्यका संयन्त्रहरुको ध्यानाकर्षणसमेत गरेको छ ।
प्राकृतिक प्रकोपबाट उत्पन्न यस दुःखद घडीमा पाटीको सबै कमिटी जनसंगठनहरुलाई आवश्यक समन्वय र सहकार्यसहित उद्धारमा लाग्नसमेत निर्देशन दिएइको छ ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार अझै पनि वर्षाको सम्भावना कायमै रहेकाले जोखिमयुक्त क्षेत्रमा थप सतर्कता अपनाउन र क्षति न्यूनिकरणमातर्फ गम्भीर हुनसमेत एमाले कास्कीले सुरक्षा निकायलाई आग्रह गरेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो