पोखरा । गण्डकी प्रदेशमा करिब ५० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । यो तथ्यांक असार तेस्रो सातासम्मको हो । जसमा सबैभन्दा बढी कास्कीमा ६ हजार नौ सय ७५ हेक्टरमा रोपाइँ भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । सबैभन्दा कम गोरखामा ४ सय ५६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।
निर्देशनालय प्रमुख वासुदेव रेग्मीका अनुसार यो वर्ष प्रदेशभरिमा करिब ९८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान छ । केही दिनयता मनसुन सक्रिय भएकाले किसान रोपाइँमा व्यस्त छन् । प्रमुख रेग्मीका अनुसार यही असार १५ गतेसम्ममा प्रदेशमा १५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएकामा त्यसयता बढेर ५० प्रतिशत पुगेको छ ।
अधिकांश क्षेत्रमा असारभित्रैमा रोपाइँ सकिने उनको भनाइ छ । बाह्रैमास सिँचाइ सुविधा भएका र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुने गरेको छ । आकाशे पानीमा निर्भर किसान पनि यतिबेला रोपाइँमा व्यवस्त छन् ।
निर्देशनालयका कृषि अधिकृत रञ्जना पोखरेलका अनुसार यो वर्ष रोपाइँका लागि मलको अभाव छैन । प्रदेशको कुल ४ लाख ७९ हजार ६ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्सेनि १ लाख हेक्टर वरिपरि वर्षे धान खेती हुँदै आएको छ । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका ९ जिल्लामा धानखेती हुँदै आएको छ ।
गण्डकीका सबैभन्दा धेरै धानखेतीको क्षेत्रफल भएको जिल्लामा पहिलो नवलपुर र दोस्रोमा कास्की हो । यस्तै स्याङ्जा, तनहुँ पनि धानखेतीको क्षेत्रफल बढी हुने जिल्लामा पर्दछ ।
धानखेतीका लागि कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ, गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङको धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट पकेट क्षेत्र तोकिएको छ ।
यस्तै पर्वतको फलेबास, जलजला, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोट, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ ।
गण्डकीमा सावित्री, रामधान, जेठोबूढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धानको खेती हुँदै आएको छ ।
सम्बन्धित खबर
नयाँ वर्षमा प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश
सञ्चारिक समूह गण्डकीको अध्यक्षमा राधिका सर्वसम्मत
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?
‘तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’ लेखेका गृहमन्त्री गुरुङले आलोचनापछि हटाए स्टोरी