पोखरा महानगरपालिका वडा नं. १५ मा ‘किसान बजार’ सञ्चालनमा आएको छ ।
कृषकले उत्पादन गरेका कृषि उत्पादनलाई सिधै खरिद विक्रि गर्न पाउन् भन्ने उद्देश्यले पोखरा महानगरपालिका वडा नं. १५ र कृषि सञ्जाल पोखरा १५ को साझेदारीमा किसान सञ्चालित बजारको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्धघाटन गरेका हुन् ।
कृषि बजारलाई नगरपालिकाको पूर्ण साथ र सहयोग रहने मेयर आचार्यले बताए । कृषकहरुले व्यवसायिक कृषि उत्पादनमा जोड दिन समेत उनले आग्रह गरे ।

स्थानिय किसानको हितलाई ध्यानमा राख्दै कृषकको उत्पादनलाई सहज बजार प्रदान गर्नको लागि कृषि बजार सञ्चालनमा आएको वडा नं. १५ का अध्यक्ष तोरण बहादुर बानियाँले जानकारी दिए ।
उक्त किसान बजार सञ्चालनमा आएपछि कृषकहरूले उत्पादन गरेका कृषिजन्य उत्पादन सिधै उपभोक्ताले खरिद विक्रि गर्न पाउने उनको विश्वास छ ।

महानगरको कृषि महाशाखाका प्रमुख वरिष्ठ बागवानी विकास अधिकृत मनहर कडरियाले पोखरा महानगरले पनि किसानलाई निःशुल्क स्टलको व्यवस्था मिलाएको बताए ।
स्वास्थ्यमाथि असर पर्ने कुनै पनि फलफूल तथा तरकारी विक्रीवितरण गरेको भेटिए महानगरले कारबाही गर्ने बताए । ‘महानगरको कृषि महाशाखाले कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुहरूको बजारको समेत ग्यारेन्टी गर्नेछ ।’

सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा